काभ्रे । नेपाली काँग्रेस काभ्रेका कार्यकर्ताहरु भटाभट रास्वपामा प्रबेश गर्न थालेपछि समूह भित्र भुइचालो जान थालेको छ । नेपाली काग्रेस काभ्रेको पहिलो जिल्ला सम्मेलन शनिबार बनेपामा हुँदै धुलिखेल, पाँचखाल र मण्डनदेउपुरमा कार्यक्रम हुँदा समूहका कार्यकर्ताहरु रास्वपामा प्रबेश गरेका हुन् । रास्वपामा प्रबेश गर्नेहरुमा धुलिखेल खानेपानी उपभोक्ता समितिका पूर्ब अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका नेता रामेश्वर घिनानजु, धुलिखेल १२ का युवा नेता माधव श्रेष्ठ पाँचखाल १० का बद्री लुईटेल, दामोदर तिमल्सिना, सहकुल खत्री, चन्द्र बहादुर खड्का, प्रकाश कार्की, सरोज कार्की, केशव खुलाल, नेपाली काँग्रेस धुलिखेल नगर समितिका सह सचिब दामोदर गौतम, नेकपा एमाले नेता एबं साबिक रबिओपी गाबिसका पूर्ब अध्यक्ष उद्धब चौलागाई, नेपाली काँग्रेसका नेता केशब खुलाल रहेका छन् ।
नेपाली काँग्रेस काभ्रेले निर्वाचनमा अर्तघात गरेको भनेर नेपाली काँग्रेसका केन्द्रिय सदस्य मधु आचार्य, केन्द्रीय सदस्य गणेश लामा र प्रतिनीधि सभा सभापति एबं पाँचखालका मेयर महेश खरेललाई कुनैपनि कार्यक्रममा सहभागी नगराउनु भनेको काभ्रे कांग्रेसमा चरम गुटवन्दी छ भनेर बुभ्mन सकिन्छ । मनमुटावले डढेले जस्तै सल्केर पैmलिएको छ । संस्थापन पक्षका शिव हुमागाई न.का काभ्रे सभापति तिर्थ लामाले बिधान बिपरित कारवाही सिफरिस गरेका थिए । त्यस्तै जिल्लामा हुने हरेक कार्यक्रममा मधु आचार्य निकटकालाई बाइपास गर्ने गरेको छ । गरी काभ्रे काँग्रेस संस्थापन पक्षले आफना नजिकका भनेका नेताहरुलाई बिधान बिपरित कार्वाही गर्दा पनि प्रतिकार नगरेपछि यो समूहबाट आफनो सामाजिक र राजनीतिक भबिष्य सुनिश्चित नहुने भन्दै रास्वपामा प्रबेश गरेको उनीहरुको भनाइ छ । ओली र प्रचण्ड शैलीमा असहमति राख्ने ब्यक्ति र समूहलाई भिक्तामा पु¥र्याउने गर्दा कांग्रेस काभे्रको यो हबिगत भएको छ । हुँमागाई र लामा समूहका प्रभाबशाली मानिएका काँग्रेसहरु पनि रास्वपामा प्रबेश गर्न उफ्री बाफ्री गर्दै खुट्टा उचालेको समाचार स्रोतले जनाएको छ ।
