नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काभे्रको अध्यक्षमा मिलन गौतम सर्वसम्मत चयन भएका छन । अनेरास्ववियुको ३० औं जिल्ला सम्मेलनबाट गौतमको नेतृत्वमा नयाँ कार्यसमिती चयन भएको हो । अधिवेशन आयोजक समितीको सहसंयोजकका रुपमा काम गरेका गौतम यस अघि जिल्ला सचिव भएर काम गरेका थिए । अनेरास्ववियुको ३० औं जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल प्रसाद वास्कोटाले गर्नुभएको थियो । कार्यक्रममा एमाले काभे्र जिल्ला अध्यक्ष अशोक व्याञ्जु, अनेरास्ववियुका नेता जेनिस लामा अतिथी हुनुहुन्थ्यो । अधिवेशनबाट उपाध्यक्षमा दिपेश तिमल्सिना, आदर्श न्यौपाने, र दिपेस केसी सर्वसम्मत निवार्चित भएका छन । सचिवमा बिमला तिमल्सिना निवार्चित भएकी छिन भने सह सचिवमा तेज कुमार ठाडामगर, अमित न्यौपाने र भिजन थापा चयन भएका छन । यसैगरी कोषध्यक्षमा सौगात अधिकारी निर्वाचित भएका छन । अधिवेशनको उद्घाटन एमाले पोलिटब्यूरो सदस्य एवं काभे्र निर्वाचन क्षेत्र नं २ का सांसद गोकुल वास्कोटाले गर्नुभएको थियो । अधिवेशनले ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
