काभे्र प्रतिनिधी सभाले क्षेत्र नं २ का सांसद,नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सचिव समेत रहनुभएका लक्ष्मण लम्साल बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा एकीकृत समाजवादी पार्टी पोलिटब्यूरो सदस्य डा. राजेन्द्रमान श्रेष्ठ , कृषि तथा पशुपंक्षी विकास मन्त्री उत्तम जोशी , स्वास्थमन्त्री पुकार महर्जन, पर्यटन , उद्योग तथा सहकारी मन्त्री मसिना खड्का, वन तथा वातावरण मन्त्री र रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको रुपमा सपथ लिनुभएको छ । आइतबार आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीहरुलाई सपफ गराउनुभएको हो ।
