नेपाल राष्ट्रिय शिक्षक संगठन काभे्रको २० औं जिल्ला परिषद तथा दीर्घ शिक्षा सेवी सम्मान कार्यक्रम शनिवार अरनिको पार्टी प्यालेस बनेपामा सम्पन्न भयो । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संगठनका अध्यक्ष रामचन्द्र थापाले गर्नुभएको थियो । नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं काभे्र प्रतिनिधिसभा क्षेत्र नं २ सांसद गोकुल प्रसाद वास्कोटा, नेकपा एमाले काभे्र उपाध्यक्ष चन्द्र लामा, लगाएत शिक्षक संगठनमा आवद्द शिक्षकहरुको उपस्थिति रहेको थियो । उक्त समारोहमा नव प्रवेशी स्थाइ शिक्षक ७७ जनालाई स्वागत, निवृत सेवा शिक्षक ३६ जना र दीर्घसेवी १ सय १८ जनालाई सम्मान गरिएको थियो भने ११ जना आजीवन सदस्यलाई कदर पत्र प्रदान गरिएको थियो ।
