IMG-LOGO

‘डा. साप’ रहनुभएन

 मंगल, जेठ ९, २०८०  ---

 

        तत्कालीन बनेपा नगरका प्रहिलो मेयर, राजनितीज्ञ, शिक्षासेवी तथा समाजसेवी डा सुरेन्द्रबहादुर बादे श्रेष्ठले देह त्याग गर्नु भएको छ । उहाँको  शनिबार बेलुका ९.३० बजे बनेपामा निधन भएको हो । उहाँ एक दशक देखि सुगर प्रेसरले ग्रसित हुनुहुन्थ्यो । १ वर्ष अघि देखि फोक्सोमा इन्फेक्सन भएको बताइन्छ । ८६ वर्षीय प्रथम मेयरको निधनमा बनेपा शोकमग्न छ, सामाजिक संजालमा शोक समवेदना आइरहेका छन् । आइतबार नै उग्रेश्वर घाटमा उहाँको अन्त्यष्टी गरिएको छ । डा. सुरेन्द्रलाई बनेपालीले विकास निमार्णको सम्वहाकको रुपमा लिन्छन् ।

        काभ्रे बहुमुखी क्याम्पस प्रमुख केजी बैदारका अनुसार डा. सुरेन्द्रले त्रिविवाट राजनैतिक शास्त्रको स्नातकोत्तरमा स्वर्णपदक सहित प्रथमश्रेणीमा उतीर्ण गरेका थिए । पछि प्रतिष्ठित फूलव्राइट छात्रवृति प्राप्त गरी संयुक्त राज्य अमेरिकामा राजनैतिक शास्त्र अन्तर्गत नेपाल ( भारत सम्वन्धमा १९५० को सन्धी विषयमा विद्यावारिधी ९ एज म्० गरेका थिए ।उनी अमेरिकावाट नेपाल फर्के पछि त्रिविको सेडामा कार्यरत रहेका थिए ।त्यस पछि २०३८ सालदेखि सक्रिय राजनीतिमा आएका थिए ।त्यस समय “विकासको लागि राजनीति” वाट निर्देशित भई राजनीतिमा क्रियाशील भएका थिए ।

        २०३९ सालमा उनी तत्कालीन बनेपा नगर पञ्चायत (हाल नगरपालिका ) का पहिलो नगरप्रमुख भए । २०४४ सालमा दोश्रो पटक नगरप्रमुखमा निर्वाचित भएका थिए । त्यस निर्वाचनमा उनी नेकावाट समेत समर्थित उम्मेदवार थिए । तथापि ४६ सालको आन्दोलनले ल्याउन सक्ने राजनैतिक परिवर्तन वारे उनले आंकलन गर्न असमर्थ भए र चुके ।तर बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनाको तुरुन्तै पछि परशु नारायण चौधरीको नेतृत्वमा नेकामा प्रवेश गरे र त्यसपछि वाचुन्जेल नेकामा नै रहे ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्