ब्रिटेनका राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा भाग लिन जाँदा विलासी ढङ्गले खर्च गरेको विवाद सतहमा आएपछि पपुवा न्यूगिनीका विदेशमन्त्रीले राजीनामा दिएका छन्।् । जस्टीन चेचेन्को आफ्नी छोरी साभन्नासहित उक्त समारोहमा सहभागी हुन ब्रिटेन गएका थिए। उनकी छोरीले विमानको ‘फस्र्ट क्लास’ यात्रा र सिङ्गापुरमा गरिएको किनमेल सम्बन्धी भिडिओहरू सामाजिक सञ्जाल टिकटकमा राखेकी थिइन्।् । सरकारी प्रवक्ता बिल टोरासोले रोयटर्स समाचार संस्थालाई आफ्ना १० जना कर्मचारी अन्य १० पाहुनासहित लन्डन पुगेको जानकारी दिए । उक्त भ्रमणका लागि १० लाख डलरसम्म खर्च भएको सो अखबारको भनाई छ । हाल मेटाइएको भिडिओमा साभान्नाले सिङ्गापुरका विलासी फेसन स्टोरहरूको आफ्नो भ्रमण कैद गरेकी छन्। उनले लन्डन जाने क्रममा एउटा भव्य विशिष्ट श्रेणीको लाउन्जमा खाना खाइरहेको दृश्य पनि राखेकी थिइन् ।
त्यसलाई लिएर कतिपयले पपुवा न्यूगिनीमा आक्रोश व्यक्त गरेका थिए। उनीहरूले गरिब देशमा सर्वसाधारणबाट उठाइएको रकम सार्वजनिक सेवामा प्रयोग गरिनु उपयुक्त नहुने धारणा राखेका थिए । बुधवार उनले आफ्नी छोरीका आलोचकहरूलाई ‘आदिम जनावरहरू’ को सङ्ज्ञा दिएका थिए। उनको प्रतिक्रियाले राजधानी पोर्ट मोज्बीमा रहेको संसद् भवन बाहिर प्रदर्शनहरू निम्त्याएको थियो । पपुवा न्यूगिनी प्रशान्त क्षेत्रमा अवस्थित एउटा कमनवेल्थ देश हो र राजा चाल्र्स त्यहाँका राष्ट्र प्रमुख हुन् । एउटा विज्ञप्तिमा चेचेन्कोले देशका प्रधानमन्त्री जेम्स मारापेसँग छलफल गरेर आफू उक्त निर्णयमा पुगेको जानकारी दिएका छन् । उनले पछिल्ला घटनाक्रमले अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकमा गर्न लागेको भ्रमणलाई प्रभावित नपारुन् भन्ने आफूले चाहेको बताए । उनले थपे, “म यस बारेमा सत्यतथ्य ल्याइयोस् र मिथ्या सूचना र भ्रमहरूलाई सच्च्याइने सुनिश्चित होस भन्ने चाहन्छु ।
” बिबिसीबाट
