रोशी गाउँपालिकाको मंगलटार क्षत्रमा आइतबार परेको भिषण पानीले अबरुद्द भएको बिपी राजमार्ग सुचारु भएको छ । भ्याकुरे खोला,माम्ती खोला, मंगलटारको फेदी खोला, दाउन्ने खोला तथा चिउरीबास खोलामा आएको लेदोले राजमार्गमा यातायात अवरुद्द भएको हो । चिउरीबासको खहरे खोलाले रोशी ९ का क्षेत्र बहादुर लामाको घर बगाएको छ । राजमार्गको कालढुगांमा भने ४ वटा सवारी साधन पुरेको थियो । गाडी लेदोमा पुरीए पनि चालक र यात्री सकुशल रहेको जिल्ला प्रहरी कार्यालय काभे्रका सूचना अधिकारी डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बाटो अबरुद्द हँुदा एम्बुलेन्स लगायत बनेपाबाट पुर्व हिडेका तथा पुर्वबाट बनेपा आएका सवारी साधन रोकिएका थिए । सोमबार रोशी गाउँपालिकाको पहलमा स्काइभेटर प्रयोग गरेर सडक खुलाइएको छ ।
