काभ्रेपलाञ्चोकको पवित्र धाम चण्डेश्वरी मन्दिरबाट धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले नेपालमै पहिलोपटक रथ यात्रा सुरु भएको छ र्। नेपालभर पु¥याईने लक्ष्य राखिएको रथयात्रा नेपालका ७७ जिल्लामा रहेका प्रमुख धार्मिकस्थलको भ्रमण सकेर माघ शुक्ल पक्षदेखि बल्थलीको लड्केश्वर महादेव मन्दिर परिसरमा कोटीहोम गर्ने उदेश्य राखिएको छ । कोटीहोम सामान्य होम नभएर ठूलो होम हुने भएकाले त्यसमा आर्थिक ठूलो श्रोतको आवश्यक पर्ने गर्दछ ।कोटीहोमलाई आवश्यक पर्ने एक लाख किलो चरु कम्तिमा एक जिल्लाबाट एक हजार पाँच सय किलोको दरले संकलन गर्ने उदेश्य समेत राखिएको आयोजक समितीका मुकुन्द पौडेलले जानकारी दिनुभयो । नेपालको गौरव भनेकै धार्मिक, सम्पदा, सँस्कृति र प्रकृति रहेकाले यी क्षेत्रको थप प्रचार गर्ने उदेश्यले रथयात्राको सुुरुवात गरिएको हो । ॐकार फाउण्डेशनले बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै रथयात्राको बारेमा जानकारी दिएको छ । ॐकारका संस्थापक अरुण पाण्डेका अनुसार राष्ट्रिय धार्मिक साँस्कृतिक महिमा र गरिमालाई संसारभरी फैलाउने उदेश्यले बिस २०८० माघ शुल्कपक्षदेखि पनौती नगरपालिका वडा नं ११ बल्थलीमा कोटिहोम आयोजना गर्ने उदेश्यले रथयात्रा हुन लागेको हो । कोटिहोमका संकल्पकर्ता मुकुन्द शर्मा हुँमागाईले बल्थली क्षेत्रको थप प्रचार हुने बताए । उहाँहरुकै पहलमा बल्थलीमा १०८ फिटको शिवको त्रिशुल निर्माण गरिएको थियो ।
