दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ७ ः ३० बजे उहाँको निधन भएको मुकेश फाउन्डेशनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनुभयो । मुकेश लामो समयदेखी बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारत हुनुहुन्थ्यो । २०६२ चैत २७ गतेको आन्दोलनमा उहँको कन्चटमा गोलि लागेको थियो । त्यतिबेला उहाँ चौध वर्षको हुनुहुन्थ्यो । निरन्तरको स्याहार र उपचारपछि उहाँ देबे्र हात चलाउन। ह्रवीलचियरमा अद्धिन सम्म सक्ने हुनुभएको थियो । उहाँको उपचारमा चिकित्सक उपेन्द्र देबकोटा र वसन्त पन्तले त्यतिबेला उहाँमा आएको सुधारलाइ चमात्कार भनेका थिए । उहाँ २०७५ सालमा अचानक बिरामी परेपछि फेरी अचेत अवस्थामै फर्कनुभएको थियो । सरकामरले मुकेश उपचार खर्च सहित मासिक १५ हजार भक्ता, एक सुसारेका लागि ६ हजर २ सय र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थकोनिधन पछि बनेपा नगरपालिका श्रद्दाञ्जली अर्पण गर्न स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, कागंसका महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमन्त्री गोकुल वास्कोटा, सूर्यमान दोङ, प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, लक्ष्मण लम्साल, लगाएत नेताहरुको उपस्थिती रहेको थियो । श्रद्दाञ्जली पश्चात नगर परिक्रमा गर्दै राष्ट्रिय सम्मानका साथ उगे्रश्वर घाटमा अन्त्येष्टि गरिएको थियो ।
