IMG-LOGO

यातायात समन्वय समितिको संयोजकमा हेलम्बुका राजेश

 मंगल, जेठ २, २०८०  ---

 

      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबाट गठित काभ्रे जिल्ला यातायात समन्वय समितिको संयोजकमा सिन्धु हेलम्बु यातायात सेवा प्रा.लि.का अध्यक्ष राजेश कुमार श्रेष्ठ चयन हुनु भएको छ ।

      काभ्रे जिल्लाका यातायात व्यवसायीहरुको भेलाबाट गठन भएको उक्त कार्य समितिमा राजेश सुन्दर सैजु (काभ्रे पूण्यवती यातायात प्रा.लि.) सचिव, बर्ण शाक्य(काभ्रे बस यातायात प्रा.लि.) कोषाध्यक्ष, आत्माराम थापा(गणेश हिमाल तराई यातायात प्रा.लि) प्रमुख सल्लाहकार र सदस्यहरुमा विल बहादुर श्रेष्ठ(रमेश), कविर कुमार रञ्जित, त्रिरत्न रञ्जित, केशव पौडेल, उकेश तौजले रहनुभएको छ भने उक्त भेलामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बाग्मती प्रदेश प्रमुख सुबन गिरीको लगाएतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्