IMG-LOGO

टोपबहादुर पक्राउ परे

 मंगल, जेठ २, २०८०  ---

            नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी काठमाडौंको बूढानीलकण्ठ नजिकैबाट पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठ र हात्तिगौंडाबीचको पासिकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेको ११ दिनपछि उनी आईतबार राजधानीमा फेला परेका हुन् । ललितपुरको सात दोबाटो छाडेर उनी पासिकोटमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

            वैशाख २० गते साँझ भैरहवाबाट उडानमा काठमाडौं आउन लागेका उनी एकाएक फरार भएका थिए । रायमाझी मुछिएको यो प्रकरणलाई एमालेले ‘राज्यविरुद्को अपराध’ ठहर गर्दै उनलाई निलम्बन गरेको हो । काण्डमा पूर्वगृहमन्त्री खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृह सचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीपसहित १२ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा रायमाझी १३ औं हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्