राष्ट्रप्रति रामचन्द्र पौडेलको सचिवालय टोलिले जनआन्दोलन ६२÷६३ मा घाइते भएका जिउँदो सहिद मुकेश कायस्थको निधन प्रति श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गरेको छ । सोमबार राष्ट्रप्रतिका प्रेस सल्लाहकार किरण पोखे्रलको नेतृत्वमा आएको टोलिले परिवारजनलाई सान्त्वना दिदै राष्ट्रप्रतिले पठाएको समवेदना सन्देश पढेर सुनाएका थिए । उक्त अवसरमा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले मुकेश कायस्थलाई सहिद घोषणा गरियोस भन्ने पत्र राष्ट्रप्रतिका प्रेस सल्लाहकार मार्फत राष्ट्रप्रति कार्यालयलाई प्रदान गर्नुभयो । त्यसैगरी बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामाले पनि मुकेश कायस्थको निधन प्रति श्रद्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समबेदना प्रकट गर्नुभयो ।
