काभे्र जिल्लाको १३ वटा पालिका मध्य अति बिकट क्षेत्र महाभारत गाउँपालिकाका १६ सय घर परिवार विद्युत जडान भएपछि झिलीमिली भएको छ । विद्युत जडानले झिलीमिली भएपछि त्यहाँका स्थानीय नागरिकहरु हर्षित भएका छन । बाँकी १७ सय घर धुरी संख्यामा केहि महिनामा कार्य सम्पन्न हुने कुरा गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले काभे्रटाइम्सलाई बताउनु भयो । २०७८ सालको जनगणना अनुसार ३१ सय ७८ घरपरिवार, १६ हजार ७१ जनसंख्या रहेको छ । हाल गाउँपालिकाले लिएका तथ्याकं अभिलेखिकरण रुपमा भने करीब २१ हजार जनसंख्या रहेका छन । महाभारत वडा नं ३,४, र ५ वडामा भने विद्युत जडान भई झिलीमिली भएको स्थानीय शिक्षक बुद्दिजीवि पदम प्रसाद तिमल्सिनाले बताउनु भयो । वडा नं १,२ र ८मा मिटर जडान गर्न बाँकी रहेको छ । विद्युत मिटर आएको जडान गर्न बाँकी रहेका बताइएको छ । ६ र ७ वडामा भने घरमा मिटर जडान धमाधम कार्य भइरहेको ६ नं का वडा अध्यक्ष रमेश लुङ्गेलीले बताउनु भयो । महाभारत गाउँपलिका र खानीखोला गाउँपालिकाको विद्युतका लागी नेपाल सरकारले १ अर्व ५६ करोड रकम विनीयोजन गरी कार्य प्रारम्भ भएको थियो । अपुग भएका कारण ३० करोड रकम सरकारले पुन विनियोजन गरिदिएको कुरा गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले काभे्रटाइम्सलाई बताउनुभयो । महाभारत गाउँपालिकाले वडा नं ३ फोक्सिङ्गटार, वडा नं ४बुढाखानीका सबै घर धुरीमा विजुली बत्ती बाल्ने कार्य सम्पन्न भएको छ । १६ सय घर धुरीमा मिटर पुगेकाले बत्ती बलेको छ । केन्द्रिय प्रशारण लाइन महाभारतका सबै वडामा पुगेको छ । केहि वडाहरुमा द्यिुत पोलदेखि घरसम्म पुग्ने कालो सर्भिस तारको अभाव भएकाले कममा ढिलाइ भएको ६ नं वडा अध्यक्ष रमेश लुङ्गेलीले बताउनुभयो । वडा नं ३,४, र ५को केन्द्रीय प्रशारन लाइनको गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरी सुभारम्भ गर्नुभएको हो । उक्त समारोहमा पुर्व राज्यमन्त्रि एवं काभे्र प्रतिनिधी सभा क्षेत्र नं १ का सदस्य सुर्यमा दोङ (लालध्वज) बागमती प्रदेश भौतिक पूवाधार मन्त्री युवराज दुलाल, प्रतिनिधीसभा सदस्य रुकु चौलागाइ, बागमती प्रदेश सभा सांसद रत्न ढकाल, जिल्ला समन्वय समिती प्रमुख दिपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसीङ, तेमाल गाउँपालीका अध्यक्ष चन्द्रबहादुर लामा, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष सागर मोक्तान लगाएतको आतित्थ्यता रहेको थियो ।
