IMG-LOGO

आवर स्ट्याण्डर्ड बचतको आठौं वार्षिक साधारण सभा 

 मंगल, मंसिर २३, २०७७  ---

आवर स्ट्याण्डर्ड बचत तथा ऋण सहकारी संस्था लिं.को आठौं वार्षिक साधारण सभा मंसिर १९,२०, २१ गते संस्थाको कार्यालयमा संस्थाका संस्थापक सल्लाहकार एवं समाजसेवी बुद्ध भक्त रंजितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ  । कार्यक्रम संस्थाका अध्यक्ष रत्न कुश रंजितको सभापतित्वमा सम्पन्न भएको हो । संस्थाले कोभिड १९ को महामारी बिच पनि आफ्ना शेयर सदस्यलाई पुर्‍याउनु पर्ने सेवा सुविधामा कुनै कमि हुन नदिएको र आगामी दिनमा यो क्रमलाई निरन्तरता दिइने कुरा  संस्थाका अध्यक्ष रंजितले बताउनु भयो । संस्थाको आर्थिक  कारोबार र भावि बजेटको विषयमा संस्थाका कोषाध्यक्ष सर्जु कुमार रंजितले आर्थिक प्रतिवेदन पेश गर्नुभयो । संस्थाका सचिव दिपेश रंजितले प्रगती प्रतिवेदन पेश गर्नुभयो ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ सम्ममा २१७६ जना शेयर सदस्यलाई सेवा दिइरहेको र आगामी दिनमा संस्थाले सदस्यता वृद्धिमा ध्यान दिदै जाने कुरा प्रबन्धक राजाराम घोरसाइने ले कार्यक्रममा बताउनु भयो । कार्यक्रममा सदस्य हित कोष सुविधालाई आगामी दिनमा अझ धेरै शेयर सदस्य माझ लानु पर्ने र सहकारी संस्थाले सेवा दिने कुरा कुनै कन्चुस्याई नरहेको कुरा उपाध्यक्ष ठाकुर बजगाईले जानकारी दिनु भयो । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक सुदिना रंजितले आन्तरिक लेखा परिक्षण प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा कोभिड १९ को जोखिम लाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका सामाग्रीहरुको प्रयोग गरी सामाजिक दुरी कायम गर्दै सम्पन्न भएको गरेको जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्