कथा साहित्यको लोकप्रिय विधा हो । यस्तो लोकप्रिय विधामा कवि सूर्यप्रसाद लाकोजूले पनि कलम चलाएर आफूलाई कथाकारको रूपमा पनि स्थापित गरेका छन । लाकोजूको नवीनतम कथासङ्ग्रह सत्याग्रहमाथि दोस्रो पट्क विमर्श भएको छ । पहिलो परिचर्चा पनौतीमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रूपमा चिन्दै आएको र आजै मात्र साक्षात्कार भएको बताउँदै उनका कथाहरूमा शसक्त र सामाजिक चेतका भएको विचार पोख्दै आफू कथाकार भए पनि राजनैतिक चेतका कथा नलेखेको तर कथाकार लाकोजूले त्यस्ता कथा लेख्न आफूलाई प्रेरित गरेको बताए ।
कार्यक्रममा पुस्तकको विमर्श गर्दै कथाकार धु्रव मधिकर्र्मीले संस्कृति र काव्य क्षेत्रमा स्थापित स्रष्टा एवं अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूले समाजका विविध समस्यामा कथाहरू लेखेको बताए । कथाकार लाकोजूले कतिपय विषय कवितामा व्यक्त गर्न नसकिने भएकाले कथा लेखनको थालनी गएको र कथाहरू मानव र मानवीयता वरपर घुमेको बताए । कार्यक्रम सिर्जना अभियान समाज भक्तपुरको आयोजनामा भएको थियो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रष्टाहरू वसन्त नकर्र्मी, दिलकुमारी डङ्गोल, सुवासचन्द्र ढुंगेल, रत्न कोजू, विमल भौकाजी, त्रिरत्न शाक्य, त्रिविक्रम पाण्डे, धु्रवकृष्ण ताम्राकार, राममणि ढुंगेल, निर्मला बराल, इन्दिरा चापागाई, हरिगोविन्द भोमी, श्याम आशा, सुरेन्द्रलाल भुजू, ध्रुवनारायण जोन्छें, सानुराजा अन्जान, विनोद ढुंगेल, दिलकुमारी डंगोल, राजेशमान केसी, हिमलाल श्रेष्ठ, जितेन्द्र रसिक, राजेन्द्र चित्रकार लगायत विविध विधाका स्रष्टाहरूको उपस्थिति थियो । ट्रान्स(वल्र्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयमा लेखिएका समसामयिक एघार कथा छन् ।
