IMG-LOGO

बैद्यलाई बधाई तथा शुभकामना ।

 मंगल, बैशाख २६, २०८०  ---

 

       पतंजली योग समिति काभ्रेले आफ्नो संरक्षक सुरकृष्ण बैद्य नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी सम्पूर्ण योग पदाधिकारी, योग साधक साधिकाहरुले टिका, माला, खादा, सगुन र मायाँको चीनो प्रदान गरी सम्मान तथा शुभकामना प्रदान गरिएको छ ।

          सोही समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश सदस्यमा मनोनित हुनु भएकोमा पतंजली योग समितिका संरक्षक एवं बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेलाई पनि सम्मानित गरिएको थियो ।

       उक्त कार्यक्रममा काभ्रे जिल्ला भरिका योग केन्द्रहरु पनौती, बनेपा, धुलिखेल, भुम्लु, दोलालघाट, नमोबुद्ध लगायत सम्पूर्ण केन्द्रका योग पदाधिकारीहरु उपस्थित रहेको थियो ।

       पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य महिला समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको कार्यक्रममा बागमती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्