धुलिखेल नगरपालिका ११ पात्लेखेत स्टोन पार्क नजिकै रहेको पञ्चकन्या मन्दिर परिसरमा वैशाख २९ गतेदेखि जेठ ४ गतेसम्म सप्ताह आयोजना गरिएको छ । सामाजिक जागरण र पर्यटन प्रवद्र्धन गर्न सप्ताह आयोजना गर्न लागिएको सप्ताहका लागि चर्चित कथा वाचक शिरोमणि पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गर्नुहुने समितिका सचिव विष्णु तिवारीले जानकारी दिनुभयो । करिब २५ लाख रुपँैया खर्च हुन सक्ने प्रारम्भिक खर्च तथा आम्दानीका लागि स्थानियहरुले योजना तयार गरी प्रचार प्रसार सुरु गरेको प्रचार प्रसार उप–समितिका संयोजक एवं पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले जानकारी दिनुभयो । हरेक दिन घरपरिवारमा दुख दिने, गाईबस्तु मर्ने, घरका व्यक्तिहरु निरन्तर बिरामी भइरहने, केहि व्यक्तिहरुमा देविमाताका स्वरुप देखिने भएपछि स्थानिय कमल परियारको अगुवाईमा पञ्चकन्या मन्दिर स्थापना गरिएको थियो । सप्ताहको लागि मन्दिरको प्रचार प्रसार तथा स्थानिय क्षेत्रको प्रवद्र्धनका लागि स्थानियहरुले १ सय ८ सदस्यीयमूल समारोह समिती निर्माण गरेका छन । सप्ताहका लागि विभिन्न १३ वटा उप समिति निर्माण गरेक छन । सप्ताहका लागि विभिन्न १३ वटा उप–समिति गठन भएको छ । समितिमा संयोजक कमल परियार, सचिव विष्णु तिवा।री, कोषाध्यक्ष सरोज तिवारी रहेका छन ।
