मन्डनदेउपुर नगरपालिकाको पे्रस सल्लाहकारमा प्रकाश सुन्दास नियुक्त हुनुभएको छ । गत नगर कार्यपालिकाको २०८० वैशाख ११ गतेको बैठकले उँहालाई पे्रस सल्लाहकारमा नियुक्त गरेको हो । सिन्धुपाल्चोक लिसंख्खु पारवर गाउँपालिका २ मा जन्मनुभएका प्रकाश सुन्दास सिन्धु प्रवाहमा सिन्धुपाल्चोकबाट पत्रकारिता सुरु गरे पनि कर्म थलो भने काभे्र जिल्लालाई रोज्नुभएको छ । निडर स्वभावका सुन्दासले काभे्र जिल्लामा नमोबुद्ध एफएममा कार्य सुरु गर्नुभएको हो । मिलिजुलि खवर अन्लाइनका सञ्चालक समेत रहनुभएका प्रकाश सुन्दास डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।
