IMG-LOGO

नेपाल पुलिस स्कुलको छात्रावास भवन शिवान्यास

 मंगल, बैशाख २६, २०८०  ---

 

       नेपाल पुलिस स्कुल साँगाले भौतिक पूर्वाधार निर्माणका क्रममा विद्यालयको आन्तरिक स्रोतबाट बन्न लागेको छात्रावास भवनको बुधबार एक समारोहका बिच शिलान्यास गरेको छ । प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख तथा विद्यालय व्यबस्थापन समितिका  अध्यक्ष प्र.अ.म.नि.दिपक थापाको प्रमुख आतिथ्यतमा शिलान्यास गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ई.फणिन्द्र बराल, विद्यालयका प्राचार्य मोहन पौडेल, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यालयका समादेशक प्र.ना.उ. फणिन्द्र प्रसाई, ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बहादुर बोहरा, विद्यालय प्रेमी, समाजसेवी, शिक्षक वर्ग,प्रहरी कर्मचारी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो । शिलान्यास समारोहका प्रमुख अतिथि विद्यालय व्यबस्थापन समितिक अध्यक्ष प्र.अ.म.नि.दिपक थापाले विद्यालय आवासीय स्कुल भएकोले स्तरिय छात्रावास अपरिहार्य रहेको हुँदा भवनको शिलान्यास गर्ने अवसर प्राप्त भएकोमा आफूलाई खुशी लागेको साथै सहज वातावरणले विद्यार्थीहरूको शिक्षण सिकाईलाई अझबढी सहयोग पुग्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रमका बीच विद्यार्थीहरूबाट नृत्य समेत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा विद्यालयका प्राचार्य मोहन पौडेलले उपस्थित सम्पूर्णमा स्वागत मन्तव्य तथा विद्यालयका समादेशक प्र.ना.उ. फणिन्द्र प्रसाईले धन्यवाद ज्ञापन गर्नु भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय, भौतिक पूर्वाधार निर्देशनालयका प्राविधिक प्रहरी निरीक्षक ई. शम्भु कोइरीले नेपाल पुलिस स्कुल, साँगाको आन्तरिक स्रोतबाट निर्माण हुने यस छात्रावास भवनको प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्