काभ्रे– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ स्थित भैंसेपाटीमा मोटरसाईकलले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ । राती करिब एक बजेतिर मलामी जाने क्रममा बनेपाबाट काठमाडौंतर्फँ जाँदै गरेको बा ६३ प २७२ नम्बरको मोटर साईकलले ठक्कर दिएपछि घटनास्थलमै स्थानीय ६० वर्षिय बालकृष्ण बुढाथोकीको गत मैगलबार विहानी पख ३ जबे निधन भएको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । स्थानीयले दोषीलाई कार्वाहीको माग गर्दै सडक अवरुद्ध गरेका थिए ।
