IMG-LOGO

स्वस्थ मासु विक्रीका लागि ब्यवसायीहरुलाई तालिम

 मंगल, बैशाख २६, २०८०  ---

 

       धुलिखेल नगरपालिका पशुपंक्षि शाखाले धुलिखेल नगरपालिका भित्र रहेका मासु पसलहरुबाट विक्री हुने मासु स्वास्थ्य र गुणस्तरिय बनाउने अभियान स्वरुप मासु व्यवसायीहरुका लागि तीन दिने स्वच्छ र गुणस्तरीय मासु सम्बन्धि तालिम सञ्चालन गरेको छ । धुलिखेल नगरपालिकामा रहेका १२ वटा वडामा रहेका ३१ वटा मासु पसलबाट दैनिक २ हजार केजी मासु विक्री हँुदै आएको छ । स्वास्थ्य सहर अभियानमा नागरिकहरुले प्रयोग गर्ने खाद्यान्न गुणस्तर बनाउने गरी नगरपालिकाहरुले मासु उत्पादन, विक्री, वितरण  र प्रयोगमा समेत गुणस्तरिय बनाउन तालिम प्रदान गरिएको धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । धुलिखेल बजार भित्र मात्रै रहेका ३५ वटा मासु पसल सञ्चालनमा छन । कार्यक्रममा उप प्रमुख निराजन जंगमले पेशा व्यवसायलाई मर्यादित, व्यवसायीक र गुणस्तिरीय बनाउनुपर्ने बताउनुभयो । स्थानीय तहले बजारलाई स्वस्थ्य राख्न अझ गुणस्थिरीय मासु विक्री गर्नुपर्ने बताउनुभयो । पशुपंक्षी शाखा प्रमुख पुरुषेतम हुँमगाई, स्वास्थ्य शाखा प्रमुख सन्दिप केसी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केनद्रका प्रमुख डा. नितेश कार्की, नगरपालिकाका पशु चिकित्सक डा. चरणकमल धिताल लगाएतको सहभागिता रहेको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्