IMG-LOGO

आर्किंट स्कुलका विद्यार्थीले रथ दौडाए

 मंगल, बैशाख २६, २०८०  ---

 

       ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको चण्डेश्वरी जात्रा पर्व आर्किट इन्टरनेश्नल एकेडेमी बनेपाका विद्यार्थीहरुले रथ निर्माण गरी स्कुल परिक्रमा गरेर मनाएका हुन् । धर्म  संस्कार र संस्कृतिको बारेमा नयाँ पिंढीले थाहा पाउनुपर्ने भएकाले विद्यार्थीहरुलाई २०८० वैशाख २० गते चण्डेश्वरी जात्रा मनाउनुको महिमाको बारेमा डकुमेन्ट्रि देखाएको स्कुलकी प्रिन्सिपल अनिता प्रजापतिले बताउनुभयो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष पुकार कर्णजीत, व्यवस्थापन समिती, शिक्षक वर्ग र १ सय ८० जना  विद्यार्थीहरको सहभागितामा चण्डेश्वरी जात्राको रथ निमार्ण गरी विद्यार्थीहरुबाट बनेपा बसपार्क र आर्किट स्कुल परिक्रमा गरेर मनाएका छन् । बनेपालीको महान चाड चण्डेश्वरी जात्रा हरेक पर्षको वैशाख शुक्ल पूर्णिमाको दिन चण्डि पूर्णिमामा मनाउने गरिन्छ ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्