IMG-LOGO

अपाङ्गता तथा प्र्रारम्भिक कक्षामा समावेशीता अभिमूखिकरण

 मंगल, बैशाख २६, २०८०  ---

       नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक अनुदान तथा पोर्टेज तथा पुनः स्र्थापना संस्था नेपाल र बनेपा नगरपालिकाको आयोजनामा संचालन भएको २ दिने ूअपाङ्गता तथा प्र्रारम्भिक कक्षामा समावेशीताू अभिमूखिकरण हालै बनेपा नगरपालिकाको सभाकक्ष, बनेपा सम्पन्न भएको छ । बनेपा नगरपालिकाको १४ वडाका वडा प्रतिनिधिहरु, ३५ वटा वडाका सामुदायिक विद्यालयका प्र.अ. तथा पूर्व प्रारम्भिक कक्षाका शिक्षकहरु, शिक्षा शाखाका प्रतिनिधिहरु, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरु, स्वास्थ्थ शाखाका प्रतिनिधिहरु गरि ९५ जना सहभागिता भएको सो अभिमूखिकरणको शुभारम्भ बनेपा न.पा.का प्रमुख शान्ति रत्न शाक्ययुबाट भएको थियो भने समापन बनेपा न.पा.का उप–प्रमुख बिमला सापकोटा दाहालज्युबाट थियो ।

       बनेपा नगरपालिकाका जनप्रतिनिधि, सम्बन्धित शाखाका कर्मचारिहरु, सामुदायिक विद्यालयका प्र.अ. तथा शिक्षकहरु लगायतलाई अपाङ्गता सम्बन्धि र कम्तिमा पनि प्रारम्भिक कक्षामा अपाङ्गता भएका बालबालिकाहरुलाई समावेश गरी सिकाईमा मद्दत गर्नु पर्ने र आ–आफ्नो दायित्व र जिम्मेवारी बारे जानकारी गराउनु यसको प्रमूख उद्देश्य रहेको थियो । अपाङ्गता सम्बन्धि, परिचय तथा प्रकार, अपाङ्गता हुन सक्ने कारण तथा रोकथामका उपायहरु, अपाङ्गता परिचयपत्र, वर्गिकरणर सेवा, सुविधाहरु लगायतका बिषयहरुमा संस्थाका निर्देशक मणिराज श्रेष्ठले, समावेशी शिक्षाको अवधारणा, यस सम्बन्धि ऐन–नियमहरुः समावेशी शिक्षाको आवश्यकता, प्रारम्भिक कक्षामा समावेशीता र यसका फाईदाहरुका बिषयहरुमा आरसी आरडी, भक्तपुरका निर्देशक—सूर्य भक्त प्रजापती र भक्तपुर सीबीआरका कोअर्डिनेटर सुरेश प्रधानले सहजिकरण गर्नु भएको थियोे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्