बनेपा । जिल्ला समन्वय समिती काभे्रका प्रमुख दिपक कुमार गौतमले विकास निर्माणका काम गर्दा वातावरण मैत्री छ कि छैन भन्ने कुरामा विचार पु¥याउनु पर्ने बताउनुभएको छ । बहु–सरोकारवाला मञ्च र बनेपा नगरपालिका बिच कार्यक्रम समिक्षा र भावी योजना तर्जुमा अन्तरक्रिया कार्यक्रमलाई गत मंगलबार सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको विषय निकै महत्वपूर्ण रहेको तर कसैले चासो नदिएकोले यसलाई अझ बढी ठाउँमा उठान गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा वातावरण प्रदुषण र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा उठान गरिएको थियो । महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठले वातावरण प्रदुषणबाट धेरैले अकालमा ज्यान गुमाउनु परेको र बाँच्ने हकको सुनिश्चितता कायम गर्नुपर्ने, परिवर्तित वातावरणलाई बनेपा नगरपालिका र स्थानीय स्तरले के गरेको छ, गर्नुपर्ने भावी योजना जस्ता कुराहरु राख्नुभएको थियो । महिला जागरण समूहकी भवानी श्रेष्ठले आफ्नो संस्थाबाट पूर्ण सरसफाई अभियान अवलोकन गर्ने, आकासे पानीको संरक्षण गर्ने र वातावरण जोगाउन जैविक र अजैविक श्रोत छुट्याउनुपर्नेे कुरा राख्नुभयो । महिला जागरण समूहको आयोजना , बनेपा नगरपालिकाको सहकार्य , र प्रकृति सेन्टर को सहयोगमा सम्पन्न भएको कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाइ, डिभिजन वन कार्यालयका अधिकृत न्युच्छें कृष्ण श्रेष्ठ, बहु–सरोकारवाला मञ्चमा आवद्द सदस्यहरु लगायतको उपस्थिती रहेकोे कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासकिय अधिकृत धु्रवराज नेपालले गर्नुभएको थियो ।
