IMG-LOGO

सुरक्षा गार्डलाई बाँधेर सहकारीको ३२ लाख लुटियो लुटेरा अभैm फेला पर्न सकेन

 मंगल, बैशाख २६, २०८०  ---

       पनौती नगरपालिका – ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाबाट ३२ लाख नगद लुटिएको छ । पनौती नगरपालिका–४ मा रहेको मुख्य कार्यालयबाट विहिबार राति सहकारीको रकम लुटिएको संस्थाका कार्यकारी प्रमुख मदन बस्नेतले जानकारी दिए । हिजो (सोमबार) सहकारी बिदा भएका कारण दिउँसो भर सहकारीमा जम्मा भएको रकम बैंकमा राख्न नभ्याएको र सो रकम सकहारीमा नै भएकाले राति ४–५ जनाको समूह आएर रकम लुटेर लागेको सीसी क्यामेराबाट पुष्टि भएको उनले बताए । सहकारीका गार्ड हुदाँ पनि सुरुमै उनीहरुले गार्डलाई नियन्त्रणमा लिएर उक्त रकम लुटेर लगेको सीसी क्यामेराबाट हेर्दा प्रष्ट भएको बस्नेतले जानकारी दिए । सहकारी चोरी भएको खबर पाएलगतै जिल्ला प्रहरी कार्यालय काभ्रेले तालीप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेको थियो । काभे्र जिल्लामा लुटपाट डकैतका घटनाहरुले तिव्रता लिएको छ । जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय भने किन चासो हुन सकेको छैन भनेर नागरीकहरुको प्रतिप्रश्न गर्न थालेका छन । दुई साता अघि मात्रै पनौती, धुलिखेल नगरको ग्रामिण बस्तीमा खसि, बोका चोरी, बनेपा बजार आसपास घर भित्र पसेर गरगहना चोरीका घटनाहरु घटेका छन । त्यस्तै चरम आर्थिक संकटका बखत सहकारी क्षेत्रलाई समस्याहरुले जेलिरहेको समय सहकारी संस्थाहरुमा लुट्ने गिरोह सक्रिय भएका छन । करिब दुई महिना अगाडि बेथानचोक नारी चेतना सहकारीमा समेत नगद चोरी भएको थियो । जिल्लामा चोरी डकैती लुटपाट तिव्र रुपमा बढ्दै गएको छ । प्रहरी प्रशासनले घटनाको बारेमा तदारुकता किन देखाउन सकेन भनने जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यलय धुलिखेलका डिएस्पी ढुण्डीराज न्यौपानेले प्रतिक्रिया दिनुभयो । गत विहिबार पनौतिमा रहेको सामुदायिक साकोसमा भएको चोरकिो घटनामा प्रहरीले गहिरो अनुसन्धान गरेर अघि बढेको उल्लेख गर्दै केहि दिनमै लुटेराहरु पत्ता लगाई सार्वजानिक गर्छौं हामो्र प्रहरी टोली सुक्ष्म ढङ्गले अध्ययन गर्दे गरेको भएपनि १ हप्ता बितिसक्दा पनि ३२ लाख लुट्ने लुटेरा अझै पत्ता नलागेको बताउनुभयो । सम्बन्धित निकायको ध्यानाकार्षण सहित सत्य तथ्य पत्ता लगााई दाषिलाई कारवाहि गर्न जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलिप शर्मा र जिल्ला बचत संघ काभे्रका अध्यक्ष उदयराम कायस्ठद्वारा हस्ताक्षेर सहित पे्रस विज्ञप्ती जारी गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्