क्यान महासंघ काभ्रे शाखाद्धारा क्ष्ऋत् म्ब्थ् (ःब्थ् द्द, द्दण्द्दघ को उपलक्ष्यमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ । कम्प्यूटर एशोसिएसन नेपाल महासंघ काभ्रे शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाईटि काभ्रेपलाञ्चोक बनेपा शाखाको सहकार्यमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा ‘सुरक्षित सूचना प्रविधि सुशासन र समृद्धि’ भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्वको भावनाले बनेपाको चारदोबाटोमा ३४ जना व्यक्तिहरुबाट रक्तदान कार्यक्रम सम्पन्न भएको कुरा कोषाध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा क्यान महासंघ बागमती प्रदेश कोषाध्यक्ष विकास पन्त, क्यान जिल्ला शाखा अध्यक्ष रामचन्द्र न्यौपाने लगाएत बोर्डका पदाधिकारीहरु, सदस्यहरु लगाएत इच्छुक रक्तदाताहरुबाट रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रमका संयोजक रुकेश राजभण्डारीले रक्तदान कार्यक्रमको बारेमा प्रस्ट पार्नुहुँदै एक स्वस्थ्य व्यक्तिले प्रत्येक ३ महिनामा रक्तदान गर्न सकेमा आफु पनि स्वस्थ रहने र आवश्यक व्यक्तिले पनि समय मै जिवन प्राप्त गर्न सकिने बारेमा विचार राख्नुभयो ।
