पतंजली योग समिति काभ्रेबाट नमोबुद्ध नगरपालिकाको भकुण्डेमा आयोजना गरिएको १२ दिने योग उप–शिक्षक तालिम कार्यक्रमको समापन प्रमुख अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख कुल्साङ्ग लामाले उद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथि लामाले प्रशिक्षित योग उप–शिक्षकहरुलाई प्रमाण–पत्र पनि वितरण गर्नुभयो । कार्यक्रममा विशिष्ठ अतिथि पंतजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले आफुले सिकेका योग शिक्षाहरु गाउँ गाउँ, जन जनमा पु¥याई स्वस्थ समाज निर्माण गर्ने तर्फ नव योग शिक्षक लागिपर्ने विश्वास व्यक्त गर्नुभयो ।
पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला समितिका अध्यक्ष अनु श्रेष्ठबाट स्वागत मन्तव्य पतंजली योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला उपाध्यक्ष इन्दिरा तौजले, युवा अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको उदे्घोषण महामन्त्री मोहन कृष्ण श्रेष्ठले गर्नुभएको थियो । सोही कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरि शरण श्रेष्ठले पतंजली योग समिति नमोबुद्ध नगर समिति र भकुण्डे वेशी योग साधना केन्द्रको पदाधिकारीहरुको नामावली घोषणा गरिएको थियो ।
पतंजली योग समिति नमोबुद्ध नगर समितिका संरक्षक कुन्साङ्ग लामा (नगर प्रमुख) सल्लाहकारमा धर्म सिलामा (वडाध्यक्ष–७) अर्जुन बहादुर कार्की (वडाध्यक्ष–४) टिका के. सी. (वडाध्याक्ष–६) कषिश श्रेष्ठ, हरिशरण आचार्य र भैरव प्रशाद खनाल रहनु भएको छ भने संयोजक एमहरि आचार्य, सह–संयोजक माधव प्रसाद खनाल महामन्त्री श्रीराम अधिकारी संगठनमन्त्री कूलचन्द्र खनाल कोषाध्यक्ष कमला श्रेष्ठ (भैल) मन्त्री शमिर्ला माकजु र सदस्यहरुमा रिजन हमाल ठकुरी, नविना धिताल, मन्दिरा आचार्य यगोल, कृष्ण प्रशाद तिमल्सिना, राजेश आचार्य, संजिव राज आचार्य, विरकृष्ण श्रेष्ठ र हरि अधिकारी रहनुभएको छ भने भकुण्डेवेशी योग साधना केन्द्रका संयोजक माधव प्रशाद खनाल सदस्यहरुमा नविन धिताल, सुमित्रा दाहाल , कुशल खनाल र कमला श्रेष्ठ रहनुभएको छ ।
यसैगरी पतंजली योग समिति काभ्रे अन्र्तगतको बनेपा न. पा. ४ शेरा स्थित चामुण्डा योग साधना केन्द्रको प्रथम वार्षिक उत्सवको पतंजली योग समिति केन्द्रिय सदस्य एवं बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र वडा ३ का वडाध्यक्ष रमेश दाहालबाट संयुक्त रुपमा उद्घाटन गर्नु भयो । उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तौजलेले दैनिक योग अभ्यासले शारिरिक स्वास्थ, समाज स्वस्थ र राष्ट्र नै स्वस्थ रहने हुनाले प्रत्यक व्यक्तीले योग अभ्यासलाई अंगाल्नुपर्ने बताउनु भयो ।
उक्त केन्दका्र संयोजक सहदेव श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गरिएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष दाहाल, बनेपा वडा नं. ४ वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठ, पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, बनेपा नगर संयोजक मनिषा बडाल, राधाकृष्ण साधना केन्द्रका संयोजक नन्द प्रसाद घिमिरे श्रृष्टिकार लोकेश्वर योग साधना केन्द्रका संयोजक नारायण बहादुर श्रेष्ठ र महिला उपाध्यक्ष इन्दिरा तौजलेले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व चामुण्डा योग साधना केन्द्रका संयोजक सहदेव श्रेष्ठले गर्नुभएको थियो भने सदस्य सुरेन्द्र श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।
