धुलिखेल नगरपालिका वडा नं ९ पानी ट्याकींंमा भएको दुर्घटनाका विषयमा सहमति जुटेको छ । शुक्रबार पात्लेखेत जाँदै गरेका २८ वर्षीय विशेष तिवारीलाई धुलिखेल तर्फ आउँदै गरेको पूर्व अरनिको यातायात प्रा. लिको यात्रु बाहक बसले ठक्कर दिएको थियो । तिवारीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएपछि आफन्तहरुले क्षतिपूर्ति र दोषि माथि कारबाहीको माग गर्दै विपी राजमार्गको पात्लेखेत सडक खण्ड अबरुद्द गरेका थिए । जिल्ला प्रहरी कार्यलयमा मृतकका आफन्त, प्रहरी प्रसासन र यातायात व्यवसायी बिच भएको छलफलमा कानुन अनुसार मृतकका परिवारलाई राहत दिने र दोषीलाई कारबाही गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
