IMG-LOGO

सामुदायिक रेडियोको समस्यामा सञ्चार रेजिस्टारको चासो

 मंगल, बैशाख १९, २०८०  ---

          सञ्चार रजिष्ट्रारको कार्यलय हेटौंडाको आयोजना एवं सामुदायिक रेडियो प्रसारक संघको समन्वयमा सञ्चार सरोकारवालाहरुको बिच छलफल कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रव गौडालले रेडियोका समस्याहरुलाई समाधान गर्न आफु तत्पर रहेको भन्दै लोककल्याणकारी विज्ञापनमा समानता ल्याउन पहल गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । सञ्चार रजिष्ट्रार रेवति सापकोटाले ग्रामिण क्षेत्रका समाचारलाइ प्राथमिकता दिनुपर्ने भन्दै आवश्यक ऐन, नीती  परिमार्जन गर्दै अघि बढ्ने उल्लेख गर्नुभयो । अकोराबका अध्यक्ष अर्जुन गिरीले सामाजिक जागरणको सारथि बनिरहेको रेडियोको चौतर्फी विकासमा ध्यान दिइने बताउनुभयो । कार्यक्रममा अकोरावका महासचिव किसोर जंग थापा, कोषाध्यक्ष सरोज पौडेल, पदाधिकारी, कार्यकारी निर्देशक वालकृष्ण पोखरेल, प्रदेश अध्यक्ष बलराम श्रेष्ठ, लगाएत रेडियोकर्मीहरुले भुकम्प, कोभिड, विश्व आर्थिक मन्दिबाट पिल्सिएको रेडियोलाई जोगाउन प्रयास रहनुपर्नेमा जोड दिनुभएको थियो । नेपालमा करिब ८०० रेडियोहरु संचालनमा छन् । सामुदायिक रेडियो ६०० मध्ये ३८४ रेडियो अकोराबमा आबद्ध छन् भने ६४ ओटा सामुदायिक रेडियोहरु संचालन हुन नसकि बन्द रहेका छन् । भारतमा भने ३७१ सामुदायिक रेडियो रहेको कुरा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गीरीले बताउनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्