बनेपा÷ नेपाल खानेपानी संस्थान बनेपाको ट्याङ्कीमा काभे्र उपत्यका एकीकृत खानेपानी आयोजनाको पानी खसालिएको छ । बिगत ९वषर््ा अघि सुरु गरिएको खानेपनी आयोजना स्थानीय विवाद ,कहिले रकम अभावका कारण सम्पन्न हुन सकेको थिएन । आयोजनाको प्राविधीक टोलिले पानीको प्रेसर परीक्षण नगर्दा वितरण समस्या भएको छ । प्राविधीक परीक्षण बिना नै बनेपा नगरको पहलमा खानेपानी बनेपाको ट्याङ्कीमा खसालिएको छ । यो संगै ट्याङ्की खानेपानीको चरम अभाव झेलिरहेका बनेपाबासीहरुले अब समस्याबाट मुक्ती पाउने भएका छन । नेपाल खानेपानी संस्थानबाट पानी बितरण गर्दै आएको भएपनी अपर्याप्त रहेको नगर बासिन्दालाई काभे्र उपत्यका एकिकृत खानेपानी आयोजनाको पानी नेपाल खानेपनी संस्थान बनेपाको ट्याकींका खासालिएको हो ।
खानेपनीको समस्या झेल्दै आएका बनेपाबासीलाई पानीको व्यवस्थापन गर्न बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो नेतृत्वमा नगरपालिकका इन्जिनियर, पल्म्बर, र पानौती नगरपालिका प्रमुख रामशरण भण्डारी समेतको सहयोगमा एकिकृत खानेपानी आयोजनाको मुहानसम्म पुगेर फुटेको पाइपको मर्मत तथा जडान गरेपछि पनौती स्थित खानेपानी ट्याकिंमा पानी खसालेर यहाँबाट बनेपामा रहेको खानेपनी ट्यांिकंसम्म ल्याउन सफल भएको बताउनुभयो । नगर प्रमुख शाक्यले पाइपलाइन जोड्नुपर्ने, सरसफाई गनुपर्ने र सुधार गर्नुपर्ने कामहरु बाँकी रहेकोमा खानेपानी संस्थानका प्रविधीकहरुको सहयोगमा केहि दुवै खानेपनीलाई मिसाएर खानेपनी वितरण गर्ने बताउनु भयो ।
बनेपा नगरपालिकाको मुख्य बजार क्षेत्र वडा नं ५, ६, ७, ८ र ९ का बासिन्दालाई पानी बितरण गर्ने एकिकृत खानेपानी आयोजनाको लक्ष्य रहेको छ । गत बैशाख १२ गतेबाट नै आजाद स्कुल नजिकैको शसिपानी टयाङ्कीबाट धारा जडान गरेका क्षेत्रहरुमा पानी डेढ घण्टा सम्म पानी वितरण गरेको छ । बनेपा धुलिखेल र पनौती तीनै नगरपालिकाका जनतालाई चाँडो भन्दा चाँडो पानी खुवाइने सवालमा काभ्रे उपत्यका एकीकृत खानेपानीका अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक व्याञ्जु, बनेपा नगर प्रमुख र पनौती नगर प्रमुख सहित एक महिना अघि नगर बिकास कोषमा बैंठक बसेको जनाएको छ । उक्त बैंठकमा पूर्वाधार विकास कम्पनीलाई समेत खानेपानी परामर्शदाताले अब आवश्यक पर्ने आर्थिक रकम अपुग हुने २८ करोड रकमको जोह गर्न सुझाव दिएको नगर प्रमुख शाक्यले उल्येख गर्नुभयो ।
