IMG-LOGO

बैशाख शुक्ल चण्डी पूर्णीमामा चण्डेश्वरी जात्रा

 मंगल, बैशाख १९, २०८०  ---

 

          हरेक वर्ष वैशाख शुक्ल चण्डी पूर्णीमाको दिन बनेपाको २७ गाउँलेले मनाउदै आएको आरध्यदेवी चण्डेश्वरीको ऐतिहासिक जात्रा २०८० बैशाख २२ गते पूर्णीमाको दिनबाट शुरु हुन्छ । बनेपालीहरुको महान् पर्वको रुपमा मनाइने चण्डश्वरी जात्रा १७ औ शताब्दीबाट शुरु गरिएको किवदन्तीमा उल्लेख भएको कुरा संस्कृतविद् ज्ञानकाजी मानन्धरले बताउनुभयो । तर जनधारणा भने हजारौ वर्ष पहिलेदेखि चण्डेश्वरी जात्रा चलिआएको छ भन्ने भनाइ रहेको छ । लिखतरुपमा भने अहिले सम्म पत्ता लागेको छैन । दुई दिन सम्म चल्ने उक्त जात्रा पहिलो दिन पूर्णीमाको दिन विहानै देखि आराध्यदेवी चण्डेश्वरीमा भक्तजनहरुको भिड लाग्छ । पहिलो दिन चिराग वालेर बनेपाको लायकुबाट चण्डेश्वरी हुदै जलेश्वर सम्म पुगेर विर्सजन गरिन्छ । जात्रामा चिराग पूजालाई मःता पूजा नामले चिनिन्छ ।

          यसलाई जात्रा शुरु भएको मानिन्छ । यो पूजाबाट जलेश्वर महादेवले मनको इच्छा पूरा हुने जनविश्वास छ । उक्त दिन निशन्तान, बाझोपन भएका र गर्भपतन भएका महिलाहरुले स्नान गरयो भने अर्को पटक गर्भ रहने विश्वास गरिन्छ । बनेपाको लायकुबाट  शुरु भएको रथ चण्डेश्वरी सम्म पु¥याइन्छ । जाँदा रित्तो रथमा भोलिपल्ट चण्डश्वरीको मुर्ति राखेर बनेपा बजार घुमाइन्छ । मन्दिर प्रागंणमा पुगेपछि एक रात रथ त्यही रहन्छ । घोकेचौरबाट ओरालो लागि भैरब कुण्डमा पुगेपछि रथ हेर्नेको भिड हुन्छ र देबतालाई स्नान गराइन्छ । जब रथ बनेपा बजारमा भित्रिन्छ, द्धारे मार्पmत लशकुश पुजा हुन्छ । त्यस बेलासम्म देबीको मुख (अनुहार) ढकनीले छोपेको हुन्छ । यस पछि देबतालाई सानो रथमा या काँधमा राखी चण्डेश्वरी फर्काइन्छ र जात्रा समापन भएको मानिन्छ । जात्रा सकिएको भोलि पल्ट १२ बजे सम्म मात्र मन्दिर खुल्ला हुन्छ । त्यस पछि  बर्पभरिको लागि सर्बसाधारणको लागि मन्दिर बन्द हुन्छ । यसरी यस श्री चण्डेश्वरी माईको जात्रा समापन हुन्छ । जात्रा हेर्न काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, सिन्धुलि लगायतका जिल्लाबाट समेत भक्तजनहरुको घुईचो लाग्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्