IMG-LOGO

सामुदायिक रेडियोको जिल्ला संयोजकामा ः रमेश

 मंगल, बैशाख १९, २०८०  ---

          रेडियो एवीसी एफ.एम ८९.८ मेगाहर्जका रमेश प्रसाद न्यौपाने सामुदायिक रेडियो  प्रसारक संघ जिल्ला समन्वय समिति काभे्रको संयोजकमा सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न बाग्मती प्रदेश सामुदायिक रेडियो प्रसारक संघ अध्यक्ष बलराम श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको भेलामा उपाध्यक्ष सपना कंडेल, सचिव दिपक घिमिरे, सदस्य सुरेश सायजु अतिथी हुनुहुन्थ्यो । उक्त भेलामा प्राइम एफ.एमका लक्ष्मण तिमल्सिना, मध्यपूर्व एफएमका रामकृष्ण बञ्जारा,  रेडियो रोशीका राजन दाहाल, रेडियो नमोवुद्दबाट विमला थापा प्रतिनिधी सदस्य रहनुभएको छ । जिल्लामा रहेका  सामुदायिक रेडियो सदस्य रहने सामुदायिक रेडियो प्रसारक संघको विधानमा उल्लेख छ । उक्त भेलाले जिल्ला संयोजकमा सर्वसम्मत चयन गरेकोमा धन्यवाद दिंदै  जिल्ला संयोजक रमेश प्रसाद न्यौपानेले सामुदायिक रेडियोको हितमा काम गर्ने, सामुदायिक रेडियोमा देखा परेका समस्याहरुलाई पहिचान गरेर रेडियोहरुको स्थायित्व र विकासमा मद्दत पु¥याउनु हातेमालो गरेर अघि बद्नुपर्ने तर्क गर्नुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्