IMG-LOGO

जिल्ला बचत संघको नेतृत्वमा उदयराम

 मंगल, बैशाख १९, २०८०  ---

 

                   काभे्रपलाञ्चोक जिल्ला बचत संघ.लि को शनिबार सम्पन्न विशेष साधारण सभाले उदयराम कायस्ठलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रमको सभापतित्व संघका कार्यवहाक अध्यक्ष सागर नाथ कपालीले गर्नुभएको थियो । सहसचिव विकास वादेले स्वागत मन्तव्य दिनुभएको उक्त समारोहमा प्रमुख अतिथी शान्तिरत्न शाक्यले सहकारीहरुमा समस्या पैदा भएको र त्यसको समाधान हामी आफैले खोजेर बचत कर्ताको आसा र भरोसाको केन्द्रविन्दु बन्ने अवस्थाको श्रृजना गर्नुपर्ने बताउनु भयो ।  विषयगत संघ, स्थानीय सरकारको समन्वयबाट सहकारीहरुको स्थायित्व विकास सुसासन र पारदर्शीता कायम गरी शसक्त ढङ्गबाट अघि बढ्नुपर्ने धारणा प्रमुख अतिथी शाक्यले राख्नुभयो ।

                   वेथिती रहेको प्रमाणित भएमा एक्सनमा उत्रिएर कारबाही गर्ने बताउनुभयो । बागमती प्रदेश सहकारी संघ. लि अध्यक्ष उद्दव सापकोटा, जिल्ला सहकारी संघ काभे्र अध्यक्ष दिलिप शर्मा, स्थरीकरण कोष सञ्चालक सदस्य प्रकाश बञ्जारा, संघका प्रमुख सल्लाहकार रामहरी केसी, सल्लाहकारहरु सम्भुलाल श्रेष्ठ, इन्द्र अधिकारी, तिर्थमाया प्रधान, लेख सुपरीवेक्षण संयोजक शिवप्रसाद आचार्य अतिथि हुनुहन्थ्यो । निर्वाचन उप–समिति संयोजक नवराज बडाल, सदस्यहरु हरिशरण दाहाल र केशव प्रसाद दाहाल रहनुभएको थियो । प्रवन्धक गुरुप्रसाद ढकाल र उपप्रवन्धक रवि केसीले सहजीकरण गर्नुभएको थियो । सचिव शुरेन्द्र पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्