२०७२ को बैशाख १२ गते गएको भुकम्पले बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।
हिजो सोमबार विहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले संचारकर्मीहरु लाई जानकारी दिए । तातोपानी नाका खुलेपछि काभ्रे र आसपासको व्यापार व्यवसाय चलायमान हुनेछ ।
