IMG-LOGO

सङ्ग्रह सत्याग्रह

 मंगल, बैशाख १२, २०८०  ---

काभ्रे÷साहित्यकार सूर्यप्रसाद लाकोजूको कथा सङ्ग्रह सत्याग्रह माथि विमर्श भएको छ । अक्षरमार्ग सिर्जना समूहको आयोजनामा सम्पन्न कार्यक्रममा पुस्तकका बारेमा परिचर्चा गरिएको थियो । कथा सङग्रहबारे बोल्दै कथाकार कार्तिकेय घिमिरेले प्राय कथाहरू हुँदा खाने भूईमान्छेहरूको पीडा, अभाव, उनीहरूको सङ्घर्ष आदिलाई विषयवस्तु बनाएर लेखिएका बताएका छन । कवितामा जस्तै कथामा पनि राम्रो कलम चलाउन कथाकार सफल रहेको बिचार उनले व्यक्त गरेका छन । जीवन सङघर्षमय छ । त्यसैले हरेक परिस्थितिसँग मुकाबिला गरेर जीवन जिउनु पर्ने सन्देश कथाहरूले बोकेको कुरा उनले बताए । त्यस्तै कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि रहेको उनले बताए । राजनैतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा गर्दै उनीहरूको त्याग भुल्न नहुने सन्देश पनि कथाहरूमा रहेको कुरा कथासङ्ग्रहको टिप्पणी गर्दै घिमिरेले बताए ।     

     वरिष्ठ साहित्यकार श्रीहरि फुयालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उनले कथाकार लाकोजू बहुआयामिक व्यक्तित्व भएको लेखक भएको विचार पोख्दै लाकोजूका कथाहरू सरल तर मार्मिक खालका,  मान्छेको मनलाई छुने खालका छन भने । सो कार्यक्रममा साहित्यकारहरू, संचारकर्मी, समाजसेवीहरूको उपस्थिति रहेको थियो । साहित्यकार लाकोजूका कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक , अनुवाद गरी तीन दर्जन साहित्यि कृतिहरू प्रकाशित छन् । कविता विधाका सशक्त कवि लाकोजूको यो कथासङग्रह भने पहिलो कृति हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्