IMG-LOGO

बनेपामा खुल्यो व्यूटी स्कील एकेडेमी

 मंगल, बैशाख १२, २०८०  ---

 

      पूर्वी मध्यपहाडी जिल्लाको व्यापारीक नगरी बनेपामा अर्को व्यूटि स्किल एकेडेमी सञ्चालनमा आएको छ । हिजो अरनिको राजमार्ग राष्ट्रिय वाणिज्य बैंक नजिकै व्यूटी स्कील एकेडेमी सञ्चालनमा आएको छ । क्भ्भ् सकेर बसेका, आफ्नै व्यवसाय चाहानेहरुलाई सुनौलो अवसर भएको सञ्चालक रुपा जंगम रानाले बताउनुभयो । ७ लाख लगानीमा सञ्चालीत व्यूटी स्कील एकेडेमीमा सुमित्रा प्रधान र लालबाबु वस्ताले लगानी गर्नुभएको छ । विगत २३ वर्ष देखि अनुभव सँगाल्नु भएका व्यूटि सियन ट्रनरहरुले प्रशिक्षण दिने छन । २ हप्ता र एक महिना आवश्यकता अनुसार व्यूटिसयिनको तालिम लिन सकिन्छ ।  ५ हजार देखी १० हजार सम्म व्यूटिसियन तालिमको लिने प्रबन्ध भएको सञ्चालक रुपा जंगम रानाले उल्लेख गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शुरकृष्ण वैद्य तथा केन्द्रिय सदस्य एवं सौन्दर्य व्यवसायी कमला श्रेष्ठले संयूक्त रुपमा व्यूटी स्कील एकेडेमीको उद्घाटन गर्नुभयो । काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष ग्रवेन तौजले, नेपाल पत्रकार महासंघ काभे्रका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना र पूर्व उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो ।

 

 

सत्याग्रह को परिचर्चा

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्