नमोबुद्ध नगरपालिका भकुण्डेमा १२ दिने योग उप–शिक्षण तालिमको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ्ग लामाले हालै पानसमा द्धिप प्रज्वलित गरी उद्घाटन गर्नुभयो ।
उक्त तालिममा प्रमुख प्रशिक्षक पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले स्वस्थ जीवन स्वस्थ समाजको निमार्ण गर्न दैनिक योग अभ्यास अनिवार्य भएको र यो तालिमबाट प्राप्त सिप र ज्ञानलाई जन जनमा बाड्नुपर्ने र यसैबाट सकारात्मक चिन्तनको विकास हुने बताउनुभयो । ६१ जना योग साधक साधिका बाट तालिम लिई रहेको उक्त कार्यक्रममा पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, संगठन मन्त्री स्याम कुमार श्रेष्ठ, मन्त्री माधव प्रसाद श्रेष्ठ र योग शिक्षिका सविना श्रेष्ठको उपस्थिती रहेको थियो ।
यसै विच हालै सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउपालिका बडा नं. ८ स्थित लामोसाघु योग साधना केन्द्रको प्रथम वार्षिक उत्सवको पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुवेन तौजलेले पानसमा द्धिप प्रज्वलित गरी उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि तौजलेले “स्वस्थ समाज निमार्णको लागि आफुहरु दत्तचित्त भई लागिरहेको र यस अभियानलाई यस भेगको जनताको सहयोगको सराहना गर्दछु” भन्नुभयो ।
उक्त कार्यक्रममा उक्त वडाका वडाध्यक्ष रमेश श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष चीरबहादुर तामाङ्ग, पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, महामन्त्री कमला राजभण्डारी, संगठन मन्त्री स्यामकुमार श्रेष्ठ, महिला मन्त्री लक्ष्मी उलक लगायतले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व लामोसाघु योग साधना केन्द्रका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले गर्नु भएको थियो भने महिला अध्यक्ष कविता रावतले उद्घोषण गर्नु भएको थियो ।
