महिला जागरण समूहको आयोजनामा बहुसरोकार मञ्चको वैठक सोमबार सम्पन्न भएको छ । काभे्रपलाञ्चोकमा रहेका १० वटा संस्थाहरुका समूह मिलेर बनेको मञ्चले जलवायुका क्षेत्रमा के कस्ता योगदान गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो । जसमा महिला जागरण समूहले माटो जोगाउने अभियान, सृजनशिल महिला जागरणले पोषण सुधार , नारी जागरणले प्रजनन÷बाल स्वस्थ्य, चामुण्डादेवी धार्मिक तथा पर्यटन संरक्षण समितीले वृक्षरोपण कार्यक्रम, एन.एन.सि.टि.आरले क्यान्सरको स्वास्थ्य परिक्षण, चेतना नेपालले जलवायु परिवर्तनका सन्देशमुलक विज्ञापन प्रसारण, महिला सरोकार समूहले मानसिक स्वास्थ्य सचेतना, काभे्र वहिरा विकास संघले अपाङ्गता र वातावरण सचेतना जस्ता कार्यक्रमहरु गरेर जलवायु परिवर्तनका क्षेत्रमा योगदान दिने प्रतिवद्घता गरेको छ । महिला जागरण समूहकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको वैठकले जलवायु परविर्तनका असर र चुनौतिको बारेमा स्थानिय सरकारलाई समेत ध्यानाकषर्ण गराएको छ ।
महिला आधारशिला समाज सेवामा सक्रिय
महिला आधार शिला बचत तथा ऋण सहकारी संस्था बनेपा ७ सामाजिक सेवामा सक्रिय भएको छ । महिला आधार शिला साकोस बनेपको आयोजना र नेपाल नेत्र ज्योति संघ किर्तिपुर अस्पताल तथा अध्ययन केन्द्रको प्राविधीक सहयोगमा निस् शुल्क आँखा शिविर सम्पन्न गरेको छ । बनेपा वडा नं १३ मा भएको आँखा शिविरमा जेष्ठ सदस्य ८६ वर्षीय पे्रमलाल श्रेष्ठको आँखा परिक्षणबाट शुरु गरिएको थियो । संस्थाकी अध्यक्ष एवं शिक्षा सेवी कमला कायस्थको सभापतित्व, बनेपा वडा नं १३ का अध्यक्ष रामलाल दुवालको प्रमुख आतिथ्यतामा सम्पन्न आँखा शिविरमा ३ सय ४७ जनाले सेवा लिएका थिए ।
संस्थाकी सचिव ज्ञानु दाहालका अनुसार आँखा परीक्षण बाट २४ जनाको अाँखा सल्यक्रिया गर्नुपर्ने भएको र आवश्यकताका आधारमा बिरामीहरुलाई चस्मा निस्शुल्क औषधी उपचार आँखा अस्पतालले उपलब्ध गराएको बताउनुभयो । आँखा अस्पतालका डा. मनिश श्रेष्ठ, ओए रितिका विष्ट, अप्टीक डिस्पेन्सर हरिण महर्जन, विशाल थापा लगाएतले नागरिकहरुलाई सेवा प्रदान गर्नुभएको थियो । महिला आधार शिला साकोसका सल्लाहकार मणिराज कायस्थ, संस्थाका प्रबन्धक देवेन्द्र पराजुली, नेपाल पत्रकार महासंघ निवर्तमान उपाध्यक्ष रमेश प्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । मंगलबार र बुधबार भएको आँखा शिविरमा बनेपा वडा नं १३ मा ३ सय ४७ र वडा नं ११ मा २ सय ९३ जना सेवा ग्राहीले आँखा जाँच गरेको संस्थाले जनाएको छ ।
