IMG-LOGO

कोभिड–१९ र डेंगू रोगको चुनौती थपिदैं

 मंगल, बैशाख १२, २०८०  ---

 

      कोभिड–१९ को ८ वटा सव भेरियन्टले विश्वको स्वास्थ्य अवस्थामा संकट पैदा भएको यथार्थलाई नियाल्दै क्षेत्रीय होटल व्यवसाय संघ काभ्रे र स्वास्थ्य कार्यलय धुलिखेलको संयुक्त आयोजनामा व्यवसायी र सञ्चारकर्मी बीच अन्तरक्रिया कार्यक्रम शुक्रबार धुलिखेल लज रिसोर्टमा सम्पन्न भयो । स्वस्थ्य कार्यलय धुलिखेल काभे्रका बरिष्ठ स्वास्थ्य प्रशासक पुरुषोतम राज सेढाईले कोभिड( १९ को ८ वटा न्यू सव भेरियन्टले महामारीको रुपमा फैलिदै गएकाले सबै सजक र सर्तक रहनुपर्ने धारणा राख्नुभयो । होटल व्यवसायी र सञ्चारकर्मीहरु सहभागी कार्यक्रममा प्रशिक्षणको क्रममा बोल्दै महामरीको विगतको पाठ सिक्दै पूर्व तयारीको रुपमा योजना आगामी कार्यदिशा निर्माण गरी सुरक्षा मापदण्ड अपनाइ व्यक्ति,व्यवसाय, समाजका सबै अङ्गहरुलाई कोभिड( १९ डेंगू र मलेरिया रोगको रोकथाम र नियत्रण सहित सुरक्षा अपनाइ कार्य गर्नुपर्ने तर्क गर्नुभयो ।

      सबै सुरक्षित, एक सुरक्षित सबै सुरक्षित हुने हुँदा संघ प्रदेश र स्थानीय सरकार र सरोकारवाला सबै मिलेर महामारी नियन्त्रणमा सहयोग पुर्याउनुपर्नेमा बरिष्ठ स्वास्थ्य प्रशासक सेढाइले उल्लेख गर्नुृभयो ।  कोभिड( १९ बाट काभे्रमा १८ हजार ८ सय १९ मध्ये १७ हजार ९ सय ६७ उपचार भई निको भएको र हालसम्म १ सय ९६  जनाको मृत्यु भएको छ । त्यस्तै गरी ७ सय जनामा काभे्रमा  डेंगू रोगब।ट संक्रमित भएको तथ्यांक छ । घरवरिपरी सरसफाई गर्ने, टायर, फुलको गमला, सफा भाडोको पानीमा एडिज जातको लामखुट्टेले हजारौंको संख्यामा फुल पारेर अरु लामखुट्टे जन्माउने हुँदा सो लामखुट्टेले टोक्दा  डेंगू लाग्ने भएकाले सरसफाइमा ध्यान दिनु पर्ने हुन्छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाण्डे,नेपाल पत्रकार महासंघ काभे्र अध्यक्ष बद्रीराज तिमल्सिना, निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, सञ्चारकर्मी र होटल व्यवसायी, होटलमा काम गर्ने कर्मचारीहरुका समेत  सहभागिता गराइ प्रशिक्षण गरिएको थियो । होटल सारथीका प्रमुख कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल, क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष पे्रमकण्ठ मकाजुं लगाएतले  मन्तव्य राख्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्