IMG-LOGO

धुलिखेल—११ डाँडागाउँ न्यौपाने बन्धुहरुको पुस्तक विमोचन

 मंगल, बैशाख १२, २०८०  ---

 

      धुलिखेल नगरपालिका वडा नं ११ डाँडागाउँ साविक फुलवारी दाप्चाका ३४ घर धुरी मुख्य सम्मिलित न्यौपाने बन्धुहरुको वंशावली शनिबार डाँडागाउँमा पुस्तक विमोचन भयो । फुलबारी दाप्चामा विर्ता पाउने माधव न्यौपाने २२ औं पुस्ता वशांवली प्रकाशन भएको हो ।  पछिल्लो पुस्ता सदानन्दका सन्तानको एउटै वंशावली बनोस, सत्य ,तथ्य त्रुटी रहित होस भन्ने हो । २१ औं पुस्ताको केदारमणी न्यौपानेका ४ छोरा र ८ नाति, केदारमणीका सबै सन्तान समेटीएको छ । भोजपुर बोखिम पनि समावेस छ । १७ औं शताब्दीका कान्तिपुर, भादगाउँ, पाटनका राजाहरुसँग हाम्रा पुर्खालाई जोडेर इतिहासलाइ विश्लेशण गरिएको छ । पृथ्वी नारायण शाहाको १८३० को, रणबहादुर शाहाको पालाको १८४५ पछिका पूर्वी नेपाल एकीकरण अभियानमा न्यौपानेका पुर्खाहरु सामेल भएको इतिहास एकीकरण अभियानले खस र अन्य जातिहरु सिन्धुलि पूर्व तथा सिक्किम, भुटान, आसाम, वर्मा जस्ता देशहरुमा समेत बसोवास गरेको भेटिन्छ । न्यौपाने बन्धु समाजका केन्द्रीय अध्यक्ष बलराम न्यौपाने, पूर्व अध्यक्ष एवं संरक्षक वामन प्रसाद न्यौपाने, सह अध्यक्ष पुण्य प्रसाद न्यौपाने,महासचिव नारायण प्रसाद न्यौपाने, सचिव उमाकान्त न्यौपाने, न्यौपाने बन्धु समाज काभे्रका अध्यक्ष रमेश प्रसाद न्यौपाने, धुलिखेल वडा नं ११ अध्यक्ष नारायण प्रसाद बडाल, स्थानीय बुद्घी प्रसाद प्याकुरेल, इलामबाट डा. केशव न्यौपाने, विपुल न्यौपाने, पूर्वकोशी प्रदेश अध्यक्ष कृष्ण प्रसाद न्यौपाने, कोशी प्रदेश अध्यक्ष राजकुमार न्यौपाने लगायतको आतित्थ्ता रहेको थियो । पूर्वीय पहाडी जिल्ला सिन्धुली, सिक्किम, बर्मा ताप्लेजुङ, पाचथर, इलाम मोरङ, सुनसरी, झापा, शंखुवासभा, मुख्य चाँहि साविक फुलवारी दप्चाको माधव न्यौपाने सहित ३४ घर परिवार सम्मिलित ३ सय ४ पेजको वंशावली पुस्तक प्रकाशन गरिएको कुरा पुस्तक प्रकाशन समितीका सचिव रविन्द्र न्यौपानेले बताउनुभयोे ।     

      संवृद्घ वंश र स्वाभिमान, भाइचारा र सु संस्कार हाम्रो उदेश्यलाई पुरा गर्न न्यौपाने बन्धु समाज केन्द्र अभियानका साथ लागेको केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताउनुभयो । राजा, महाराजहरुको मात्र वंशावली प्रकाशन परम्परा विगतको इतिहास छ । अहिले सापकोटा, तिमल्सिना, न्यौपाने खस आर्य जातिले वशांवली निकाल्दै आएका छन् । पिपलको जरा जस्तै फैलँदै जाँन, रुखमा मुना पलाए जस्तै पलाउने भएकाले आफ्नो इतिहास आफैले रच्ने र बनाउने हो । अरुले नबनाउने हुँदा सबै न्यौपाने बन्धु एकताको शुत्रमा बाँधिएर कार्य गर्नु पर्ने तर्क केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले तर्क गर्नुभयो । नेपालका दान विरहरुको प्रसङ्घ कोट्याउदै केन्द्रिय अध्यक्ष न्यौपानेले फत्तेजङशाहले आँखा अस्पताललाई सहयोग गरेको उदाहरण दिँदै समाज रुपान्तरणमा न्यौपानेहरुको योगदान रहेको थप प्रभावकारी बनाउन सहयोगी हातहरुबाट सहयोग लिएर गन्तव्यमा पुग्नु पर्ने धारणा राख्नुभयो । गणेश न्यौपानेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा संयोजक खेमप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न भयो । सचिव रविन्द्र न्यौपानेले कार्यक्रमको संचालन गर्नुभयो ।

      न्यौपाने डाँडागाउँको नेतृत्वमा  धुलिखेल ११ डाँडागाउँ स्थानीय समितीमा कृष्ण न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय समिती गठन गरेको छ । उपाध्यक्ष रमेश न्यौपाने, सचिव मुरारी न्यौपाने,कोषध्यक्ष शसिकला न्यौपाने सदस्यहरुमा देवकी न्यौपाने ,रामकृष्ण न्यौपाने, विष्णु न्यौपाने, यादव न्यौपाने र विनोद न्यौपाने रहनु भएको छ ।  

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्