हरेक वर्षको अक्षेदुतिय र तृतीयको दिन शुभारम्भ हुने सामुहिक वेल विवाह हिजो बनेपामा सम्पन्न भयो । परापूर्वकाल २००३ देखि नेपालमा शुरु भएको वेल विवाह २००६ सालमा बनेपामा सामुहिक वेल विवाहको समिति बन्यो । त्यतिबेला १६ हजार ६ सय ७ चन्दा संकलन भएको कुरा समितीका सदस्य अनिलकुमार भैलले जानकारी दिनुभयो । २००९ देखि बनेपामा सामुहिक वेल विवाह सुरुवात भएकोे स्थानीय राम जोशीले बताउनुभयो । नेवार समुदायका बालिका रजस्वला हुनु भन्दा अघि ७ वर्ष देखि ९ वर्ष मुनिका बालिकाहरुको सामुहिक वेल विवाह गर्ने परम्परा रहेको छ । रजस्वला हुनुभन्दा अघि गुफा राख्ने प्रचलन पनि छ । वेल विवाहमा सहभागी बालिकाहरुले वेलमा सुनको प्रतिमा राखेर पुजा गर्दछन् । २ दिन भोजन पनि त्यहि गराइन्छ । ९ ग्रह कुम्भकार (पहेँलो धागो) १ सय ८ रेखान्कन गरिन्छ । ९ चिज ग्रह शान्तिको रुपमा सामाग्री जम्मा गर्नुपर्ने हुन्छ । चिरनुन, चाकु मलाम्फे, सुर्जको, सानो सुपारी अक्षेता, सानो माछा, जेनालम्टे, मिचसीं चिजहरु समावेश गरी बालिकाहरुले पुजा गर्छन । रोग व्याधि नलागोस, सुस्वास्थ्य दीर्घायु होस, सौभाग्य सम्पन्नता प्राप्त होस भन्ने मान्यता सहित विश्वास लिइन्छ ।
बनेपाका एक दानविरले वेलविवाहको भवन निमार्णको लागि हरि थकु कर्माचार्यले २०२९ सालमा बनेपा–७, आइटी पार्क अगाडि ४ रोपनी १२ आना २ पैसा जग्गा उपलब्ध गराएको समितिका सदस्य अनिल कुमार भैलले बताउनुभयो । सामुहिक वेल विवाह कार्यक्रमलाई सफल बनाउन क्रियासिल समिती सदस्य र स्थानीयहरुले सघाएको समिति अध्यक्ष आशाकाजी वैद्यले बताउनुभयो । उपाध्यक्ष पिताम्बर वैद्यका अनुसार सामुहिक वेलविवाहमा राज उपाध्याय, जोशी, कर्माचार्य, सेवाचार्य, प्रजापति चित्रकार, र नापितहरुका ७२ जना बालिकाहरु सहभागी भएको बताउनुभयो । नेवरी समुदायको वेल विवाहलाई सक्रिय रुपमा विगतमा सहयोग पुर्याउने व्यक्तिहरु निम्न अनुसार रहेको समितिले जनाएको छ । विष्णु प्रसाद कर्माचार्य, गणेश दास प्रधान, पूर्ण प्रसाद श्रेष्ठ, लक्ष्मीलाल चौ प्रधान, सुखु वैदार, हर्क नारायण भैल, नारायण दास वैद्य, शोर बहादुर श्रेष्ठको विषेश योगदान रहेको कुरा समिती सदस्य अनिल भैलले बताउनुभयो तर उहाँहरुको भने स्वर्गाहरण भैसकेको समिती सदस्य भैलले बताउनुभयो ।
