काभे्र जिललाको जेठो क्याम्पस, जिल्लामै पहिलो (त्तब्ब्) प्राप्त गर्न सफल काभे्र बहुमुखी क्याम्पस बनेपामा अतिरिक्त कक्षा निस्शुल्क अध्ययन गर्ने अवसर प्राप्त गर्ने भएका छन । व्याचलर लेवलमा अध्ययन गर्ने विद्यार्थीहरुले यो अवसर प्राप्त गर्ने छन । द्यद्यक्, द्यब्, द्यब्क्ीध्, द्यक्ष्ऋत्भ्, द्यऋब्, द्यभ्म् क्ऋक्ष्भ्ल्ऋभ् र द्यक्ध् पाठ्यक्रम सेल्वलस्हरु समावेश गरी १ वर्षको कोर्ष निर्धारण गरिएको आइटि प्रमुख जगदिप पलाञ्चोकेले बताउनुभयो । एक हप्तामा तीन दिन कक्षा सञ्चालन हुन्छन ५० मिनेट बराबरको कक्षा लिइने कुरा आइटि शिक्षक आत्माराम थापाले जनाउनुभयो । विद्यार्थीहरुले सूचना प्रविधी सम्बन्धी व्यवहारीक ज्ञान हासिल गर्ने, रोजगारमुलक शिक्षण सिकाइ, सिप मुलक शिक्षा प्रदान गर्ने क्याम्पसको प्राध्यापकहरुको टिम शसक्तरुपमा लागि परेको क्याम्पस प्रमुख केजी वैदारले बताउनुभयो ।
व्यवस्थापन संकाय अध्ययन गरी उतीर्ण गरेका विद्यार्थीहरुलाई आवश्यक पर्ने प्राविधीक व्यवहारीक हुन जरुरी छ । सोको परिपूर्तिका लागि विद्यार्थीहरको सक्षमता विकास गर्न क्याम्पसका आइटि क्षेत्रका लामो अनुभव समालेका शिक्षकहरुको टिमले ५० प्रतिशत थेउरी र ५० प्रतिशत ननके्रडिट १ वर्षे कोर्ष निर्माण गरी तीन महिना अघि देखि सञ्चालन गरेको क्याम्पस प्रमुख वैदारले उल्लेख गर्नुभयो सफ्टवेयर अकाउन्टिङ, इन्टरनेट, टेलि कम्युनिकेशन, फोटोसप, अफिस अटोमेसन, प्रिजेन्टेशन र रिसर्च वोरेन्टेड क्रियाकलाप गरी विद्यार्धीहरुले व्यवहारकि सिप सहित सक्षमता हाासिल गर्ने कुरा आइटि शिक्षक सुवर्ण श्रेष्ठले बताउनुभयो । सैद्घान्तीक ज्ञानले मात्र शैक्षिक गन्तव्य पुरा नहुने हुँदा विद्यार्थीहरलाइ उद्यमी, व्यवसायी स्वरोजगार प्रदान गर्न प्रविधी मैत्री सिप सहितको शिक्षा प्रदान गर्ने उदेश्य सहित क्याम्पस व्यवस्थापन टिम, शिक्षक वर्ग सबै एकतावद्घ भइ शिक्षण सिकाइ प्रभावकारी बनाउन निरन्तर लागी परेको कुरा क्याम्पस प्रमुख केजी वैदारले बताउनुभयो ।
