काभे्र जिल्लाको स्ंथागत विद्यालय मध्यकै चर्चित शैक्षिक संस्थाको रुपमा परिचित विद्यासागर इङलिस सेकेण्डरी स्कुल बनेपाका प्रिन्सिपल हिरा शर्मा नेपाल सम्मानित हुनुभएको छ । अनुजा मिडियाद्वारा आयोजित एजुकेश्नल एविलेन्स अवार्डमा बेस्ट प्रिन्सिपल अवार्डबाट प्रिन्सिपल नेपाल सम्मानित हुनुभएको हो । काभे्र जिल्लाको शैक्षिक गुणस्तर वृद्विमा एक इटा थप्न सकेको रुपमा हिरा सर परिचित हुनुहुन्छ । उहाँ रोटरी क्लव अफ बनेपा काभे्र जेसिस र एम्नेष्ट्री इन्टरनेश्नल समूह ४३ बनेपाको समेत नेतृत्वदायी भूमिकामा रहेर सामाजिक सेवा गर्दौ आउनुभएको व्यक्ति हुनुहुन्छ ।
