IMG-LOGO

मालवाहक सवारी साधनले ओभरलोड बोके कारवाही

 मंगल, बैशाख १२, २०८०  ---

 

            मालवाहक सवारी साधनले ओभरलोड बोके कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यलय धुलिखेल काभे्रमा बसेको स्थानीय सरकार प्रमुख र राजनीतिक दलका प्रतिनिधी सम्मिलित बसेको बैठकले मापदण्ड विपरीत रुपमा मालवाहक सवारी साधनले ओभरलोड बोकेर सामाग्री ल्याए कारवाही गर्ने निर्णय गरेको छ । मालवाहक सवारी साधनका भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ मा भएको व्यवस्था कडाइका साथ कार्यन्वयन गर्न गृहमन्त्रालयले स्थानिय प्रशासन तथा समन्वय गर्न २०७० फागुन २१ गते नै मातहतका जिल्ला प्रशासन कार्यलमा पत्र पठाइसकेको छ । काभे्र जिल्लामा रहेका पनौती, पाँचखाल, नमोवुद्व नगरपालिका ३ वटा नगरपालिकामा तौल पुल राखि मालवाहक सवारी साधनले वैशाख ७ गते देखि अनिवार्य तौल पुलमा भार वहन गरी लोड सिट लिएको हुनुपर्ने छ । भारवाहन नियमन जिल्लाका ट्राफिक प्रहरीले गर्ने व्यवस्था गरिएको छ ।  जिल्ला प्रशासन कार्यलय काभे्र धुलिखेलका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिती काभे्रका प्रमुख दिपक कुमार गौतम, काभ्रेका स्थानीय सरकारका प्रमुखहरुको सहभागीता रहेको थियो । ६ चक्के ट्रक र टिपरले साढे १६ टन बोक्न पाँउछ अर्थात साढे ७ घनमिटर मात्र सामाग्री बोक्न पाउँछ । त्यो भन्दा बढी बोके कारवाही हुन्छ । सवारी साधनले क्षमता भन्दा बढि सामाग्री वोके सडक चाँडो विग्रने भत्कने हुन्छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्