आज विश्व औलो दिवस शुन्य औलो अबको थालनीमा नवीनतम कार्य, कार्यन्वयनमा लगानी भन्ने नाराका साथ मनाँइदै छ । सोमबार स्वास्थ्य कार्यलय काभे्रले सञ्चारकर्मी सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको जनाएको छ । स्वास्थ्य कार्यलय काभे्रका प्रमुख डा. पुरुषोतम राज सेढाइले सन् २०२५ मा स्थानिय औलो बिरामीको सङख्या शुन्य कायम गरि त्यसलाई निरन्तरता दिनु रहेको भन्दै गुणस्तरीय जाँच, उपचारको न्यायोचित पहुँच तथा रोकथामका उपायहरु अबलम्बन गर्नु, औलो निवारण गर्ने उदेश्य रहेको छ । आ.व २०७८÷७९ बाट रक्त नमुना परिक्षण गरिएकोमा जम्मा १ वटा पोजेटिभ देखिएको थियो ।
