IMG-LOGO

क्यान काभे्रको क्यालेण्डर लोकापर्ण

 मंगल, बैशाख ५, २०८०  ---

 

      कम्प्युटर एशोसियसन नेपाल काभे्रले २०८० सालको शुभकामना आदन प्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न भयो । जिल्ला समन्वय समिति  काभे्रका प्रमुख दिपक कुमार गौतमले सूचना प्रविधिको विकासलाई आत्मसात गरि जसले सहि प्रयोग गर्छ समृद्दिको यात्रा पुरा हुने बताउनु भयो । क्यान काभे्रले सूचना प्रविधिको प्रयोगलाई व्यवहारीक रुपमा उपयोग गर्न जिल्ला भरीका सामुदायिक र संस्थागत ७ सय विद्यालयहरुका शिक्षकहरु, संघ संस्था र स्थानीय सरकारसंग समन्वय गरेर सूचना प्रविधिको विकासको सवालमा सहभागी गराइ संदेश फैल्याउन लागि पर्नुपर्ने तर्क गर्नुभयो । प्रविधीको विकासलाई प्रयोग गर्न नजान्ने कोहि व्यक्ति कहिं कतै काम नलाग्ने हुँदा आर्थिक समृद्दिको गन्तव्य पुरा गर्न सूचना प्रविधीको विकासलाई सहि प्रयोगमा ल्याउनुपर्ने तर्क जिल्ला समन्वय प्रमुख गौतमले गर्नु भयो ।

      कम्प्युटर एशोसियशन केन्द्रिय महासचिव चिरञ्जीवी अधिकारीले सफ्टवेयरको नाममा वार्षिक २० अर्ब रकम विदेश जाने हुँदा नेपाली सफ्टवेयर कम्पनीको तिव्र विकास गरेर हामी अघि बढ्नु पर्ने बताउनु भयो । क्यान महासंघका सचिव एवं पूर्व अध्यक्ष शेखराथ दुलाल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, क्यान महासंघ बाग्मति प्रदेशका कोषाअध्यक्ष विकास पन्त, सिद्दार्थ एकेडेमीका प्रिन्सिपल गुञ्ज लुइटेल, सेन्टलम एल्वम एकेडेमीका प्रिन्सिपल अग्नी ज्ञवाली, नेपाल पत्रकार महासंघ काभे्र पूर्वअध्यक्ष रमेश प्रसाद न्यौपाने लगाएतको आतिथ्यता रहेको थियो । क्यान काभ्रेका कोषअध्यक्ष एवं कार्यक्रम संयोजक राजकुमार तिमल्सिनाले कार्यक्रमको औचित्यको प्रकाश पार्नुभएको थियो । क्यान काभे्रका अध्यक्ष रामचन्द्र न्यौपानेले सूचना प्रविधीको विकासले फट्को मारे पनि नेपालमा त्यसको प्रयोगलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन नसकेको हँुदा यसमा ध्यान केन्द्रित गरी अघि बढ्नुपर्ने भएकाले हाम्रो टिम शसक्त भई अघि बढ्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन देवकी आचार्य दुलालले गर्नु भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्