IMG-LOGO

भलिवल प्रतियोगितामा लामाज गु्रप खानीखोला प्रथम

 मंगल, बैशाख ५, २०८०  ---

 

      धुलिखेल, न्यु गौखुरेश्वर युवा क्लव धुलिखेलले तेश्रो गौखुरेश्वर कप जिल्ला व्यापी भलिवल प्रतियोगिता २०७९ सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा  लामाज गु्रप खानीखोला गाउँपालिका प्रथम हुन सफल भएको छ । दुतीय पनौती नगरपालीका, तृतीय महाभारत गाउँपालीका र सान्तोनामा न्यू गौखुरेश्वर युवा क्लव धुलिखेल विजयी भएको छ ।

      प्रथम, दुतीय तृतीय र सान्तोनालाई क्रमसस् ५१ हजार १ सय ५१, २५ हजार ५ सय ५०, १० हजार १ सय ५१ र ५ हजार ५ सय ५० , प्रमाण पत्र, सिल्ड र मेडल खेलाडीहरुलाई प्रदान गरेको कुरा क्लवका कोषध्यक्ष कृष्णराम देवजुले काभ्रेटाइम्सलाई बताउनुभयो । उत्कृष्ट लिब्रोमा पनौतीका सरोज खड्का, उत्कृष्ट सुटरमा पनौतीका कृष्ण खड्का, सर्वोत्कृष्टमा लामाज गु्रपका अभिशेख थिङ  र उत्कृष्ट ब्लकरमा लमाज गु्रपका मनिराज आले उत्कृष्ट ब्लकर भलिवल खेलाडी भएको घोषित भएका छन । पनौतीका सागर केसी उत्कृष्ट स्पाइकर हुनुभएको थियो । समापन कार्यक्रममा जिल्ला समन्वय समतिी काभे्रका प्रमुख दिपक कुमार गौतम प्रमुख अतिथी रहनुभएको समारोहमा नेपाली कांग्रेस काभे्रका उपसभापति रमेश प्रसाद हुमगाई, खेल संयोजक सुन्दरलाल श्रेष्ठ, र प्रभु बैंक धुलिखेलका प्रवन्धक हरिकृष्ण दाहाल अतिथी रहनुभएको थियो । कार्यक्रमको सभापत्वि कल्वका अध्यक्ष शुसिलकुमार मानन्धरले गर्नुभएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्