पनैती नगरपालीका वडा नं ११ बल्थलीका ५४ वर्षीय विश्ववन्धु थापाले धारीलो हतियार प्रयोग गरी आफ्नै आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यलय धुलिखेल काभे्रले जनाएको छ । प्रहरी नायव उपरीक्षक ढुण्डी राज न्यौपानेका अनुसार बुधबार बल्थलीको ९४ वर्षीय कान्छीमाया थापालाई आफ्नै छोरा विश्ववन्धु थापाले खुर्पाले टाउकोमा प्रहार गरी हत्या गरेको बताउनुभयो । घाइते कान्छीमायालाई बनेपा शिरमेमोरियल अस्पतालमा लगिएको र चिकीत्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको मुचुल्का गरी धुलिखेल अस्पताल पठाएको सोको विषयमा थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी कार्यलय धुलिखेल काभे्रले जनाएको छ ।
