IMG-LOGO

जिल्ला सहकारी संघ काभे्रको शुभकामना आदन प्रदान

 मंगल, बैशाख ५, २०८०  ---

      राष्ट्रिय सहकारी महासंघले सर्वोत्कृष्ट सहकारी संघ घोषणागरेको अवसरमा जिल्ला सहकारी संघ काभे्रले २०८० को नववर्षको अवसरमा बिहीबार शुभकामना आदाप्रदान कार्यक्रम आयोजना गर्यो । जिल्ला समन्वय समिती काभे्रका प्रमुख दिपक कुमार गौतमले सम्बोधनका क्रममा बोल्दै भन्नुभयो नागरिकहरुको सुख दुखको साथी हो सहकारी । देश विकासको संवाहकको एक खम्बा मध्ये पर्छ, केहि कमीकम्जोरी छन् सच्याएर अघि बढ्नुपर्छ । प्रमुख अतिथी गौतमको तर्क थियो । अनुत्पादक क्षेत्रमा लगानी गर्ने, भाई, भतिजा, छोरा, छोरीको नममा सञ्चालीत सहकारहिरु समस्याग्रस्त भएकाले नीति, विधि र प्रविधीलाई प्रयोग गरी सहकारीलाई मर्यादित ढङ्गबाट सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

      जिल्ला सहकारी संघ काभे्रका उपाध्यक्ष अमन पोटेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा बनेपा नगरपालिका विमला सापकोटा दाहाल, जिल्ला सहकारी संघ काभे्रका पूर्व अध्यक्ष विनोद पराजुली, सल्लाहकार सोमप्रसाद हुमगाई, काभ्रे दुग्ध उत्पादक संघका अध्यक्ष नारायण बडाल, काभेपलाञ्चोक जिल्ला बहुद्देशीय सहकारी संघ .लि का उपाध्यक्ष कृष्णभक्त थापा, मेनेजर्स क्लव काभे्रका अध्यक्ष मदन बस्नेत, सहकारी अभियानकर्मीहरुको सहभागिता रहेको थियो । संघका अध्यक्ष दिलिप शर्माले जिल्लाका सहकारीहरको वस्तु स्थितीको बारेमा यर्थाथ चित्रण गर्दै नीति, विधी, प्रविधी, सिद्दान्त, ऐन नियम सबैको परिपालना गरी प्रयोगबाट सहकारीको साख जोगाउँदै स्थायित्व र विकास गर्नुको विकल्प नरहेको उल्लेख  गर्नुभयो । ४४ करोड २६ लाख कुल पूंजी रहेको संस्थाले प्रारम्भिक सहकारी संस्थाका संचालकका शेयर सदस्यहरुको क्षमता अभिवृद्दि, सहकारीहरुको स्थायित्व, दिगो विकासका लागी सहयोग पु¥याउदै आएको कुरा संघका अध्यक्ष शर्माले बताउनुभयो । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठ र प्रमुख प्रवन्धक ज्ञानमणी न्यौपानेले सहजीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव निरञ्जन विष्टले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्