साइनो समाज नेपाल काभे्रको तेस्रो वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रमेश राजलवटको सभातित्वमा शनिबार सम्पन्न भयो । नव वर्ष २०८० को अवसरमा पिकनिक कार्यक्रम सहित भएको कार्यकालमा सचिव महेश कोइरालाले प्रगति तथा कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषध्यक्ष गोविन्द न्यौपानेले १३ लाख ५ हजारको आयव्यय प्रस्तुत गर्दै आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । साइनो समाजका सदस्य एवं भक्तपुर नापी कार्यलयका प्रमुख रामकुमार सापकोटालाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणी विभुषणबाट राष्ट्रपतिबाट विभुषित गरेकोमा बधाई सहित सम्म्मान गरेको कुरा समाजका सदस्य नारायण तिमल्सिनाले काभे्र टाइम्सलाई बताउनुभयो ।
